मीना बेचिएको दुई वर्षपछि
आँट हिम्मतको प्रतिविम्ब थिइन् मीना । भलै उनी निम्न वर्गीय परिवारमा जन्मिएकी किन नहोऊन् । कान्छोभाइ गर्भमा छँदा परदेश लागेका उनका बाउको कुनै खबर थिएन । घुरमूलीको अत्तोपत्तो नभएको परिवारलाई समाजले पनि दया र हेपाइले हेथ्र्यो ।
घरकी जेठी छोरी मीनाका दुई बहिनीपछि जन्मिएको भाइ पनि कक्षा ४ मा पढ्ने भइसकेका थिए । सामान्य लेखपढसम्म गर्न पाएकी मीनाले भाइबहिनीलाई बाउको माया दिएकी थिइन् । साथै बाउको कर्तव्य पनि निभाइरहेकी थिइन् ।
केही पाखो बारी थियो, उब्जनीले तीन महिना धान्दैनथ्यो । आमाले मेलापात गरेर पाएको ज्याला र खाजा अनि मीनाले दुःख गरेर पालेका बाख्राका पाठाले उनीहरूको जेनतेन प्राण धानिएको थियो । मेलामा दिएको अर्नी पनि पोल्टामा हालेर ल्याउँथिन् आमा । भाइबहिनी त्यही अर्नीको प्रतीक्षामा आमा आउने बाटो हेरिरहेका हुन्थे । मीना त छरछिमेकका तीखा वचनले नै अघाउँथिन् प्रायः । त्यसमाथि कहिलेकाहीँ बाख्रापाठा फुकेर चौरासी व्यञ्जन नै पु¥याइदिन्थे । मन कटक्क काटिए पनि पाठापाठीमाथि जाइलागेर र किच्च हाँसेर सबै पचाइदिन्थिन् मीनाले ।
थिचोमिचोका विरुद्ध र सर्वहाराका हकका लागि गरिएको भनिएको जनयुद्धमा होमिएका थिए, मीनाका बाउ । व्यवस्था बदल्न हिँडेका मानिस कोही बलिदानी भए, कतिपयले घाइते जीवन बाँचिरहेछन्, कोही सहर पसेर नवधनाढ्यमा बदलिए । मीनाका बाबु भने युद्धपछि परदेशी बने । मीनाको सिङ्गो परिवार गरिबी र पीडाको दलदलमा बदलियो । गाउँका शोषक र सामन्तका विरुद्ध बोलेर समाज बदलिएन, बरु तिनै शोषक र सामन्तहरू मीनाको परिवार अनि ती अबोध लालाबालाको शत्रु भएर बदलिएका रहेछन् । मीनाका जेठाबाउले ऋण धनको जालो देखाएर भएको एकखलो खेतको स्वामित्व नै बदलिदिए ।
समय बदलिन्छ । समयसँगै संसार बदलिन्छ । मीनाको शरीर पनि बदलिँदै गयो । सानी मीना ठूली भइन् । सम्म छाती चुचुरे थुम्का बने । परिवारमा सबैका गाँस बढ्दै गए, आवश्यकता बढे । हरेक अप्ठेरामा मीनाको मन चसक्क घोँच्थ्यो, ‘कमसेकम बाउ घरमा भएका भए !’
मीनाले बाका बारेमा बुझ्न आफ्ना हर कोसिस गरिन् । हरेक साँझ घरबाहिरको पदचाप सुनेर हत्तपत्त बाहिर निस्कने आमाको बेचैनी, सानो भाइका अनेक प्रश्न, घरको अभाव, बन्दी बनाएर राख्नुपरेका आफ्नै रहर र चाहना यावत कुराले मीनालाई चिमोटिरहन्थे । पिँढीमा बसेर पर क्षितिजसम्म नियालिरहेकी आमाका नजर घामका पाइला सँगै झन् लामो छाया बनेर बहकिन्थे । आमाका शुष्क ओठ र भिजेका परेली सधैँ एकनासका देखिन्थे ।
एक दिन पल्लो गाउँको धनपति र उसको छोराले घर तलको चौतारीमा घाँस बिसाएर बसिरहेकी मीनालाई भेटे । ती नौला मान्छेले चिनजानकै जसरी मीनालाई बोलाएर सोधपुछ गरे । केहीबेरको कुराकानी पछि धनपतिले निकै माया दर्शाए, ‘एऽऽ तिमी त आफ्नै मान्छे रहिछ्यौ ।’ धनपतिको छोरो सुरज भने मीनाका शरीर पत्र–पत्र पल्टाउँदै घुरेर हेर्दै थियो ।
‘तिम्रो बुबा र म निकै मिल्ने साथी थियौँ नि ! तर के गर्नु र खै परदेश लागेपछि भेट भएको छैन ।’ धनपति पुनः बोले ।
मेलामा दिएको अर्नी पनि पोल्टामा हालेर ल्याउँथिन् आमा । भाइबहिनी त्यही अर्नीको प्रतीक्षामा आमा आउने बाटो हेरिरहेका हुन्थे । मीना छरछिमेकका तीखा वचनले नै अघाउँथिन् प्रायः ।
‘तिम्रो नाम के नि ?’ सुरजले सोध्यो ।
‘मीना !’
‘नानी त हलक्क बढिछ्यौ । हामी भारतका विभिन्न सहर घुमिरहेका हुन्छौँ । तिम्रा बाउ भेटिए भने जसरी नि ल्याउँछौँ ।’ धनपतिले दृढता दर्शाए र उनले छोराको कानमा केही मन्त्रणा पारे ।
सुरजले भन्यो, ‘मीना फेसबुकमा जोड ल मलाई । हामी गाउँका मान्छेहरू साथी बन्नुपर्छ ।’
‘म त्यस्तो केही चलाउने गर्दिनँ,’ मीनाले मसिनो स्वरमा भनिन् ।
‘एऽऽ किन र ? लेकिन, आजकालको जमानामा पनि... ।’ ऊ बिचमै रोकियो ।
‘मसँग मोबाइल नै छैन ।’ यति भनेर मीना घाँस बोकेर हिँडिन् । धनपतिका बाउछोरा गुनगुन गर्न थाले ।
‘ए ऽऽ नानी सुन त !’ धनपतिले आवाज अलि ठूलो बनायो, ‘लेकिन, धनपति काका भेट भएको कुरा आमालाई भन्दिनू । तिमीले पहिचान नगरे पनि मेरो तारिफ तिम्रो आमालाई सबै मालुम छ ।’
बेलुका आमाले मीनालाई टोकौँलाझैँ गरेर गाली गरिन् । मीनाले केही बुझिनन् । धनपतिको नाम सुनेदेखि आमाको नुर झन् उदासियो । सुत्ने बेलामा आमाले आक्रोश पोख्दै धनपतिको कथा भनिन्, ‘त्यो गतिलो मान्छे होइन ठूली । मलाई लाग्छ तेरा बाबु परदेश जानु, घर नफर्किनुमा पनि यसकै जाल छ । यो एक नम्बरको फटाहा थियो गाउँमा । पापी मन भएको । तेरा बाबु अन्याय अत्याचार सहन नसक्ने । पल्लो गाउँमा पीपलबोटेकी बुहारी ताकेको हुनाले पुलिसले समातेको थियो । यता गाउँमा पनि माओवादीको निसानामा परेको थियो । एउटा पुलिसलाई हात लिएछ र रातारात जहान छोराछोरी लिएर भागेको उतिबेला । पछि गाउँमा चलेको युद्ध रोकिएपछि राजनीतिक दाउपेच मिलाएर फर्कियो । ठुला–ठुला नेतासँग उठबस छ रे यसको, र त यसका पुराना अपराध लुकाएर हिँड्छ ।’ आमाले मीनालाई सबै कुरा गरिन् र उनीहरूको नजिक नपर्न पनि सुझाइन् ।
एक दिन एउटा नौलो केटो घरमा आयो र थचक्क आँगनको डिलमा बस्यो । मीनाकी आमाले बोकेको गाग्री भुइँमा राखेर यो नौलो केटातिर हेरिन् ।
‘मीनाको घर यही होइन ?’ केटो प्रश्न ग¥यो ।
‘हो ।’
‘मीना खोइ त ?’
‘तल बेसीमा धान काट्न मेला गएकी छे ।’
‘ए ! ल त आमा मीनालाई सुरज आएको थियो भन्दिनू । यो झोला मीनालाई दिनू ।’ आमाले अरू कुरा गर्न नपाउँदै पिँढीमा झोला राखेर केटो झरिहाल्यो ।
एक जोर कुर्ता–सुरुवाल, एउटा मोबाइल र केही पैसा रहेछ झोलामा । बेलुका आमाको अगाडि नै मीनाले झोलाबाट निकाली । भाइबहिनी निदाइसकेका थिए ।
आमाले मीनालाई शङ्कालु पाराले हेर्दै सम्झाइन् । ‘हेर छोरी, छोराछोरी बढेपछि पो बढी पिर हुने रहेछ । मलाई त कताकता तिम्रो टाउको माथि कालो छाया मडारिएको जस्तो लाग्दै छ ।’ अघिपछि ठूलो ठूलो बोलीले गाली गर्ने आमाले आज मीनालाई अनौठो तरिकाले बोझिलो स्वर गरेर भनिन् र सुइया सुस्केरा हालिन् ।
समय बित्दै गयो । मीना र सुरज फेसबुकका माध्यमबाट निकै नजिक भए । उनीहरू अबेर रातसम्म च्याटिङमा भुल्थे । मीना र सुरजको सम्बन्धले हद पार गरिसकेको थियो । उमेरले भरिलो बैँसमा प्रवेश गर्नै लागेकी मीनालाई सुरज सपनाको एउटा राजकुमार भएर उपस्थित भइदियो । मीनाको स्वभाव परिवर्तन हुँदै गयो । आमाले लख काटिन्, मीनाको आँखामा अब सुरजको चित्रले स्थायी बसोबास ग¥यो । मीनालाई संसार एकातिर र सुरज एकातिर जस्तो लाग्यो । नयाँ कपडा ल्याएको देखेर आमाले बेस्सरी झपारिन् मीनालाई । त्यस दिन मीना भातै नखाई सुती । सुतेर आफ्ना भएभरका कुरा सुरजलाई बताई । सुरजले आफूभन्दा बढी मीनालाई माया गर्छु भनेर विश्वास दिलायो र छिटोभन्दा छिटो बिहे गर्ने योजना सुनायो ।
पाकेको फल बेलैमा नटिपे झरेर जान्छ, नत्र चराले ठुङ्छ भन्ने कुरा धनपतिको छत्रछायामा भारतका गल्ली गल्ली नापेर हिँडेको सुरजलाई थाहा नहुने कुरै भएन । उमेरले भर्खर २१–२२ भए पनि धनपतिको छोरो धनपतिभन्दा एक कदम अगाडि थियो । उसले मीनाको मन तरल बनाउन सकेसम बल लगाइरह्यो । यता मीनाले पनि पखेटा हाल्न राजी भइन् ।
अचानक अरु दुई नयाँ केटी आएर एक्कासि नेपालीमा बोल्दै भने, ‘बेचिइस् केटी तँ पनि हामीजस्तै । यसलाई पनि बिहे गरेर त्यसैले यहाँ ल्याएर बेचेको हो । मचाहिँ आफ्नै फुपूको जालमा परेर यहाँ आएँ ।
भाले नबास्दै बिस्तारै ढोका खोलेर मीना ओरालो लागिन् । बहिनीका सिरानीमा एउटा चिठी लेखेर छाडेकी थिइन् उनले । ढोका घरक्क गर्दा आमाका आँखा खुले । मीना दिसापिसाब गर्न निस्केकी होली भनेर आमा चुप लागिन् । उज्यालो हुँदा मीनाले भेरीको झोलुङ्गे पुल तरिसकेकी थिइन् । मीनाको मनमा सुरज र उसले देखाएका सपनाबाहेक केही थिएन । सुरजप्रतिको आकर्षकले गर्दा भाइबहिनीको भविष्य, आमाको पीडा अनि बाबुको अभावले सिर्जना गरेका सामाजिक अप्ठेराका गगनचुम्बी पहाड सबै बिर्सिइन् मीनाले । मनमा भएको ममता र गाउँको माटो त्यसै भेरीमा छाडेर उनी सुर्खेत पुगिन् । बाटोमा जाँदा उनलाई मोबाइलले नै साथीको भूमिका निभायो । बाटोमा धेरैजसो एउटा हातमा झोला बोकेर अर्को हातले मोबाइल कानमा लगाएर सुरजसँग कुराकानी गर्दै हिँडिन् । उनी बाटो हिँड्दै कहाँ पुगियो ? को को भेटिए, केही हेक्का रहेन । प्रत्येक दोबाटोमा उसले सुरजलाई फोन गरिन्, ‘अब कता जाने ?’
सुरज मीनालाई लिन हिजै सुर्खेत आएर बसेको थियो । दिनभरको थकाइले चुर मीनाले सुरज भेटिएपछि फूलझैँ हलुङ्गो महसुस गरिन् । गाउँमा जाडो अझै सकिएको थिएन । सुर्खेतमा भने निकै गर्मी रहेछ । कहिल्यै गाउँ छाडेर नहिँडेकी मीनालाई सबै नौलो थियो ।
मीनालाई आफू बसेको कोठामा लग्यो सुरजले । कोठाभित्र पस्नासाथ मीनालाई बाहुपासमा कस्यो । मेसेन्जरमा जति हद नाघेर कुरा गरे पनि भेटमा मीनालाई यो हर्कत सहज लागेन । यहाँ अब सुरजबाहेक उनको कोही थिएन । मीनाले आँट गरेरै सुरजलाई पन्छाइन् र भनिन्, ‘शिरमा सिन्दुर नभरी यहाँभन्दा अगाडि नबढ्नुहोला ।’ सुरजले सहमतिसूचक टाउको हल्लायो ।
‘तिमी नुहाएर लुगा फेर, म एकछिन बाहिर निस्किएर आउँछु । ऊ त्यहाँ तिम्रो निम्ति नयाँ कपडा छ झिकेर लगाऊ ।’ यति भनेर सुरज निस्कियो । मीना नुहाउन पसिन् । धारा पँधेरामा कसैले देख्लाझैँ कष्टले नुहाउने गरेकी मीनालाई होटलको बाथरुममा नुहाउँदा कल्पनाभन्दा बढी आनन्द आयो । सुरजले बाथरुम प्रयोग गर्ने तरिका, तातो र चिसो पानीबारे सबै सिकाएर गएको थियो । आज मीनाको अनुहारमा उन्मुक्त चमक फैलियो । बुट्टेदार काँचको झ्यालबाट अपराह्नतिर पसेको पहेँलो घामको उज्यालोमा उनले आफूलाई निर्वस्त्र नियालिन् । आफ्ना छातीका मातृत्व ग्रन्थी ओल्टाइपल्टाई छामेर हेरिन् । शिरदेखि पाउसम्म नजर डुलाई देखिने जति हेरिन् । कताकता जिउ सिरिङ्ग भएर आयो, अघि सुरजले अँगालोमा बेरेको सम्झिँदा मनमा मिठास भरिएर आयो । आँखा बन्द गरेर आफ्नै हातले शरीरलाई स्पर्श गरिराखिन् । अपार आनन्दको सागरमा पौडिएको महसुस गरिन् मीनाले । उनी अर्धबेहोसीझैँ कराइन्, आफैँभित्र केही पोखिएको जस्तो लाग्यो । यस्तो अनुभव उनले कहिल्यै गरेकी थिइनन् । बन्द आँखाभित्र सुरज मात्रै आइरह्यो । यस्तो शारीरिक सुखानुभूति उनले आजभन्दा अगाडि महसुस गरेकी थिइनन् ।
नुहाएपछि ज्यान चङ्गा भयो । लुगा फेरेर खाटमा पल्टिइन् मीना । एकछिनमा सुरज एउटा सानो झोला झुन्डाएर आयो र भन्यो, ‘जाऊँ हिँड अब, म हाम्रो सपना साकार पार्छु, ऊ त्यहाँ पर मन्दिर रहेछ । त्यहाँ गएर सिन्दुर हाल्छु र आजबाट सधैँलाई आफ्नो बनाउँछु ।’ यति सुन्दा मीनाका आँखा टलपल भए । उमेर कच्चा भए पनि व्यवहारमा थिचिएर यावत कुरामा पाकेकी थिइन् उनी ।
नजिकै बसेर ढाड सुमसुमाउँदै सुरजले फेरि भन्यो, ‘तिमी चिन्ता नगर, भाइबहिनी र आमाको जिम्मेवारी अब मेरो पनि हो ।’ मीनाले सुरजलाई गम्लङ्ग अँगालो मारेर ताता आँसुका भल खसालिन् ।
उनले ठूला गाडी र रेल देखेको आजै हो । गाउँमा सुनेकी त थिइन् तर रेल यति लामो र ठूलो हुन्छ भन्ने लागेको थिएन । आज सुरजले मीनालाई हात समातेर यो भीमकाय फलामे वहानमा चढायो । मीनाका खुसी र सुख स्वर्ग समान बने । मन–मुटु मात्रै होइन, हिजोबाट उनले शरीर पनि सुम्पिइन् । त्यागको आनन्द प्राप्तिभन्दा बढी थियो ।
गाउँमा सुनेका गीतजस्तै महसुस भयो मीनालाई– रेल गाडीका पैँया गुड्न लाग्या... ।
०००
रेल अगाडि बढ्दै जाँदा सबै पछाडि छुट्दै गए । सुर्खेतमा भेटेदेखि मुखमा आधा ढाकिने गरी रुमाल बाँधेको सुरजले बल्ल रुमाल फुकाल्यो । बम्बै आइपुगेछ । मान्छेको भीड देखेर मीनालाई अचम्म लाग्यो । यति धेरै मान्छे उसले कहिल्यै देखेकी थिइनन् । फरक–फरक कद र फरक–फरक रङका मान्छेहरू बिथोलिएका कमिलाको गोलोझैँ अस्तव्यस्त देखिन्थे । सुरजले अटो चढाएर लग्यो । मीनालाई बम्बईका बाटाघाटा र सहर हेर्दै रमाइलो लागिरहेको थियो । उनको जीवनको सबैभन्दा नजिक ठानेको मान्छे आफ्नो साथमा हुनाले अरू कुनै चिन्ता थिएन ।
नहीं नहीं इतने में नहीं होगा (अँ त्यतिमा त हुँदैन ।)
मैंने बहुत तकलिफ किया है । और मेरा पैसा भी बहुत खर्च हुवा है (मैले धेरै दुःख गरेको छु । मेरो पैसा पनि धेरै खर्च भएको छ ।)
माल बहुत नयां है, फर्क पडेगा तो दुगुना वापस करुंगा (सामान नयाँ हो फरक परेछ भने दुगुना फिर्ता गर्छु ।)
अच्छा है
बहुत कुछ होगा ।
अच्छा है ।
सुरजले मीनाले नबुझ्ने भाषामा कुरा ग¥यो र शिर उज्यालो बनायो । अटो चालकले घरीघरी मीनालाई हेरिरहन्थ्यो, केही भन्न खोजेजस्तो गथ्र्यो । मीनाले यतातिर ध्यानै दिइनन् ।
काला–काला परैबाट ह्वास्सै गन्हाउने मान्छेहरू, चुरोटको धुवाँ मिसिएको नमिठो गन्ध आउने साँघुरो गल्ली हुँदै उनीहरू एउटा पुरानो घरभित्र छिरे । पान र गुट्खा खाएर थुकेका घिनलाग्दा भित्ताहरू देखेर मीनाले सुक्खा वाक्क गरिन् र हाते रुमालले मुख छोपिन् । उनीहरू तेस्रो तलाको एउटा कोठामा पुगे । त्यहाँ अस्वाभाविक शृङ्गार पोतेकी मोटीमोटी आइमाई थिई । त्यस आइमाईले बस्न इसारा गरी । सुरजले मीनाको हात समातेर बसाल्यो र आफू पनि सँगसँगै बस्यो ।
एकैछिनमा दुइटी झन्डै अर्धनग्न केटी देखिए । एउटा निकै कालो वर्णकी सेता दाँत र राता ओठ गरेकी थिई । अर्की गोरी तर अलि डल्ली । उनीहरू दुवैले मीनालाई हेरिरहे । अघिकी मोटी आइमार्ईले बेस्सरी हकारी, उनीहरू दुवै अलप भए । एउटी सानी पातली केटीले दुई कप चिया लिएर आई र गई ।
‘मीना, तिमी चिया खाँदै गर म पिसाब फेरेर आउँछु ।’ यति भनेर सुरज निस्कियो । निकैबेर फर्किएर आएन । अचानक अरु दुई नयाँ केटी आएर एक्कासि नेपालीमा बोल्दै भने, ‘बेचिइस् केटी तँ पनि हामीजस्तै । यसलाई पनि बिहे गरेर त्यसैले यहाँ ल्याएर बेचेको हो । मचाहिँ आफ्नै फुपूको जालमा परेर यहाँ आएँ । हामी ६ जना नेपाली छौँ, तँ समेत सात भयौँ । मीना अलमल परी केही बुझिन ।
मीनाका लागि दिन र रात सबै एकै भए । हरेक दिन दशौँ घीनलाग्दा पुरुषको प्यास बुझाउने जिम्मा दिइएको थियो उनलाई । सुरुवाती दिनमा भारतीय व्यापारी र सहरका धनी मानिस आउने गर्थे । प्रहरीहरू निकै क्रूर भएर जाइलाग्थे । व्यापारीहरू प्रायःले घर फर्कन सहयोग गर्छु भनेर मिठो जाल बनाउँदै लुट्थे । जसले जे भने पनि सबै पानीका फोकाझैँ हुन्थे । दिन हप्ता हुँदै महिना बितेर गयो, मीनाले बाहिर निस्कने मेलो भेटाइनन्, बरु चिल–गिद्धको स्वरूप बदलियो । फोहोरी जँड्याहा भुसतिघ्रेहरू आउन थाले । जसको जस्तो स्वरूप भए पनि पशुजस्तै हुन्थे तिनीहरू ।
बल गरेर त्यहाँबाट भाग्न सम्भावना थिएन । मीनाले बिस्तारै त्यहाँ भएका दिदीबहिनीहरूसँग सल्लाह गरिन् । बिरामी भएको बहानामा अस्पताल जाने योजना बनाइन् । अरु केटीहरूले पनि साथ दिए । त्यहाँ अस्पताल जान सितिमिती पाउने सम्भावना थिएन । गर्भ निरोधक ओखतीबाहेक अन्य ओखती देख्न समेत पाइँदैनथ्यो । धेरै मेहनतपछि मीनाले अस्पताल जाने मौका पाइन् । योजना अनुसार कोठीवालीका लठैतहरूलाई छक्याएर मीना भाग्न सफल भइन् ।
चौताराभरि मान्छेहरू थिए । गाउँका भद्रभलादमी डाकेर कचहरी राखिएको थियो । धनपति र सुरज दुवैलाई एउटै डोरीले बाँधेर जुत्ताको माला लगाइएको थियो । गाउँका केटाहरूले मुक्का हान्दा बाबुछोराकै अनुहारको नाप–नक्सा बिग्रिएको थियो ।
बेचिएको झन्डै दुई वर्षपछि नरककुण्ड जस्तो कालकोठरीबाट मीना भाग्न सफल भएकी रहिछिन् । उनले बम्बईमा बस्ने सज्जन नेपाली दाजुभाइको सहयोग लिएर गाउँ फर्किन् । अनि ती दुवै बाउछोरालाई समाजको अगाडि नाङ्गेझार पार्न सफल भइन् ।
धनपति र सुरजका परिवारलाई त्यहाँ बोलाएर मीनाले गाउँलेका अगाडि आफ्ना कुरा राखिन् । मीनाकी आमाले मीना हिँडेपछि गाउँलेका लाञ्छना सहन नसकेर आत्महत्या गरिछन् । आफ्नो कर्तूत थाहा पाएको र पोल खुल्ने डरले धनपतिले सुर्खेत जाँदा भेरीमा हालेर मीनाका बाबुलाई मारिदिएको रहेछ । सबै सुनिरहँदा त्यहाँ उपस्थित कसैको पनि आँखा ओभानो थिएन । चौतारामा बसेको गाउँलेको कचहरीले दुवै अपराधीलाई प्रहरीको जिम्मा लगाउने निर्णय ग¥यो ।
आज गाउँमा सामाजिक काम गरेर चेतना फैलाउँदै छिन् मीना । भाइबहिनीका निम्ति मातापिता दुवैको जिम्मेवारी बोकेर बसेकी छिन् मीना ।
खजुरा बाँके