अक्षयको डीपफेक भिडियो भाइरल

मुम्बई । बलिउड सेलिब्रेटीहरुको डीपफेक भिडियोहरु रोकिने संकेत देखिएको छ । रश्मिका मन्दना, कट्रिना कैफ र नोरा फतेही लगायतका धेरै अभिनेत्रीपछि अब अभिनेता अक्षय कुमारको एउटा डीपफेक भिडियो सार्वजनिक भएको छ ।
यस भिडियोमा अक्षय एक अनलाइन गेमिङ प्लेटफर्मको विज्ञापन गरिरहेको देखिन्छ । अभिनेतासँग निकट स्रोतका अनुसार, ‘अक्षयले यस्तो विज्ञापन कहिल्यै गरेका छैनन् । यो भिडियोको स्रोतबारे अनुसन्धान जारी छ। यो नक्कली सामाजिक सञ्जाल ह्यान्डल र कम्पनीविरुद्ध उजुरी दिइएको छ ।’
सामाजिक सञ्जालमा भाइरल भएको यो एआई जेनेरेटेड भिडियोमा अक्षय एप डाउनलोड गर्न र एविएटर खेल प्रयास गर्न सिफारिस गर्छन् । यो भिडियो सार्वजनिक भएपछि अभिनेता निकै दुखी रहेको अभिनेतासँग निकट स्रोतले बताएको छ । उनले आफ्नो टोलीलाई यस विषयमा निगरानी राखेर कानुनी कारबाही गर्न भनेका छन् ।
अक्षय अहिले ‘बडे मियाँ छोटे मियाँ’ रिलिजको तयारीमा छन् । यसबाहेक उनीसँग ‘स्काई फोर्स’, ‘सिंघम अगेन’, ‘वेलकम टु द जङ्गल’ र ‘हेरा फेरी ३’ जस्ता फिल्म छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
शिक्षकका मुद्दा किनारा लगाउँछु भन्ने शिक्षामन्त्रीले एक्कासि किन दिइन् राजीनामा ?
-
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !