जेठसम्म महाधिवेशन रोकेर माओवादीसँग एकता गर्न बाबुराम भट्टराई तयार

काठमाडौँ । नेपाल समाजवादी पार्टीभित्र माओवादीसँग एकताको विषयमा निम्तिएको विवाद समाधानपछि केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टीका अध्यक्ष डा.भट्टराई र अर्का अध्यक्ष महेन्द्र राय यादवबिच पार्टी एकताका विषयमा भएको विवाद तत्कालका लागि समाधान भएको हो ।
शनिबार केन्द्रीय समिति बैठक सुरु हुनुअघि दुई अध्यक्षसहित ५ जना पदाधिकारीबिच बसेको बैठकमा आगामी जेठसम्म नेसपाको महाधिवेशन रोक्ने सहमति भएको छ । त्यसअघि माओवादी केन्द्रसँग एकता प्रक्रियालाई अघि बढाउने निर्णय भएको छ । केन्द्रीय समिति बैठकअघि अध्यक्षद्वय भट्टराई र यादव, सह–अध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव सहित केही केन्द्रीय कार्यकारिणी सदस्यहरूबिच बैठक बसेर सो सहमति गरेको हो ।
बैठकले हाल निर्माण भइरहेको प्रस्तावित मस्यौदा विधानलाई केन्द्रीय समिति बैठकले पारित गर्ने, पार्टीभित्र देखा परेको विवादलाई हल गरेर लैजाने सहमति भएको छ । हिजो बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा पार्टी एकताको विषयमा चर्को विवाद उत्पन्न भएपछि बैठक स्थगित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत
-
एनआरएनए एकता महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक (कार्यतालिकासहित)
-
१० बजे १० समाचार : पहलगामको बाछिटा नेपालसम्म, रघुजी इन्-कान्छाराम आउट