तत्काल केन्द्रीय सरकार फेरबदलको सम्भावना छैन : ठाकुर

महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मुलुकको आर्थिक विकास अहिलेको आवश्यकता एवं मुख्य कार्यभार भएको बताएका छन् । महोत्तरीको मटिहानी–१ धिरापुरमा लोसपा नेपाल मटिहानी नगरसमितिले आज आयोजना गरेको ‘जनताकाबिच जनप्रतिनिधि’ कार्यक्रममा उनले समृद्धि अभियानमा सबै दलले समान दायित्वबोध लिनुपर्ने उल्लेख गरे ।
“एकले अर्कोतिर औँला ठड्याउने होइन, समृद्धिका लागि हातेमालो गर्नुपर्छ”, महोत्तरी क्षेत्र नं ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य ठाकुरले भने, “मुलुकको आर्थिक समृद्धि बेगर हाम्रो सुखद यात्रा अघि बढ्न सक्दैन ।” नेता ठाकुरले फरक प्रसङ्गमा सङ्घीयतासहितको गणतन्त्रात्मक संसदीय व्यवस्था संसारकै उच्चतम लोकतान्त्रिक व्यवस्था भएको उल्लेख गरे । अहिले तत्काल केन्द्रीय सरकार फेरबदलको सम्भावना आफूले नदेखेको उनले बताए ।
मधेस प्रदेशसभा सदस्य तथा लोसपा नेत्री रानी शर्मा तिवारी र मटिहानीका नगरप्रमुख तथा लोसपाका महामन्त्री हरिप्रसाद मण्डलले वर्तमान राजनीतिक परिस्थितिबीच आफ्नो दल जिम्मेवारीबोधका साथ अघि बढेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म