मेक्सिकोको पुएब्ला राज्यबाट दुई हजार पाँच सय आप्रवासीको उद्धार

मेक्सिको सिटी । मेक्सिकोका अधिकारीहरूले जनवरीमा पुएब्ला राज्यमा दुई हजार ५०१ विदेशी आप्रवासीको उद्धार गरेको ‘नेशनल माइग्रेसन इन्स्टिच्युट’ले शुक्रबार जनाएको छ ।
इन्स्टिच्युटले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विज्ञप्ति जारी गर्दै सङ्घीय, राज्य र नगरपालिका स्तरका अधिकारीहरूको समन्वयमा सयौँआप्रवासीको उद्धार गरिएको जनाएको छ ।”
ती आप्रवासीहरू ल्याटिन अमेरिका, अफ्रिका र एसियाका ३६ वटा देशबाट आएका थिए । “सहायता प्राप्त गर्ने व्यक्तिमा ३०६ महिला र ९८९ वयस्क पुरुषहरू छन् । उनीहरू एक्लै यात्रा गरिरहेका थिए, र २९२ परिवारको समूहमा एक हजार २०५ जना र एक किशोरी रहेका छन्,” विज्ञप्तिमा भनिएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले मानव बेचबिखनको सम्भावित अपराधका लागि अनुसन्धान सुरु गरेको छ । यसैबीच मानव बेचबिखनको सम्भावित अपराधका लागि पाँच जना मेक्सिकोका नागरिकलाई अपराधमा संलग्न भएको आरोपमा मुद्दा चलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा