ताइवानमा सम्पन्न अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपाल चौथो स्थानमा

ताइवानमा माघ १९ गते सम्पन्न भएको ताइवान ईन्टरनेशनल साइन्स फेयरमा नेपालले इन्जिनियरिङतर्फको विधामा चौथो स्थान हासिल गर्न सफल भएको छ । यही माघ१४ देखि१९गतेसम्म भएको उक्त अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्न गएका हेटौँडाका कक्षा १२मा अध्ययनरत विद्यार्थी शाश्वत बाइवाको कृषि-प्रविधिमा आधारित 'एग्रो-गार्ड' नामक रिसर्च प्रोजेक्ट ले चौथो स्थान हासिल गर्न सफल भएको हो ।
गणित, रसायन शास्त्र, ईन्जिनियरिङलगाएतका फरक फरक१३ वटा विधा समेटिएको उक्त प्रदर्शनी मेलामा जापान, अमेरिका, सिङ्गापुर, न्युजिल्यान्ड, स्विजरल्यान्ड लगायतका २७भन्दा बढी देशहरूका राष्ट्रियस्तरवाट छनोट भएका उत्कृष्ट युवा वैज्ञानिक विध्यार्थीहरुको सहभागिता रहेको थियो ।
२०वर्षभन्दा कम उमेरका उच्चशिक्षामा अध्ययनरत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विध्यार्थीहरुको वैज्ञानिक अनुसन्धान, नव प्रवर्तनात्मक अवधारणा र क्षमतालाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्न अवसर प्रदान गर्ने उदेश्यका साथ हरेक वर्ष ताईवानको सूचना तथा प्रविधि मन्त्रालय मातहतको नेशनल ताइवान साइन्स एजुकेशन सेन्टरले उक्त विज्ञान प्रविधि मेलाको आयोजना गर्दै आइरहेको छ । विविध विधामा आधारित वैज्ञानिक अनुसन्धान परियोजनाहरूलाई प्रदर्शन गराइने यस प्रदर्शनी मेलामा यस वर्ष ६३०जना विद्यार्थी अनुसन्धान कर्ताहरूद्वारा ३५९ वटा विज्ञान, सूचना-प्रविधि ,नवप्रवर्तनसम्बन्धि अनुसन्धानका प्रोजेक्टहरू प्रदर्शनीमा राखिएको थियो । जहाँ ५४ वटा अन्तर्राष्ट्रिय ३०४ वटा राष्ट्रिय प्रोजेक्टहरू समावेश गरिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी कलाकारहरूसँग काम गरे देशद्रोहको मुद्दा !
-
इरान–अमेरिका वार्ता नयाँ चरणमा : विशेषज्ञहरु मार्फत समाधानको खोजी
-
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला दहन
-
राष्ट्रङ्घद्वारा जम्मू–कश्मीरमा भएको आक्रमणको निन्दा गर्दै न्यायको माग
-
भारतको पहलगाममा भएको घटनाप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त
-
तस्बिरमा हेर्नुहोस् एनएसएल विजेता ललितपुरको खुसियाली