लघुकथा : उदारता

प्राइभेट क्लिनिकका डाक्टरले दुई जना बिरामीको पालैपालो चेक जाँच गरे । ती थिए, एक जना व्यापारी र अर्को मजदुर ।
`ल लिनुस्, हजुरको औषधि !´ झोला थमाउँदै डाक्टरले व्यापारी बिरामीलाई बिल दिए । `मसँग भएको पैसाले पुगेन, डाक्टर साहेब ! पाँच सय अपुग हुन्छ । बरु औषधि घटाइदिनुस् । म भोलि पैसा ल्याएर बाँकी पाँच सयको औषधि पनि भोलि नै लैजान्छु ।´ व्यापारी बिरामीले यति भनेपछि डाक्टरले `बाँकी पाँच सय दिँदै गर्नुहोला, सबै औषधि लैजानुस् ।´भनेर उदारता देखाए ।
'ल लिनुस्, हजुरको औषधि !´ झोला थमाउँदै डाक्टरले मजदुर बिरामीलाई पनि त्यस्तै भाषा प्रयोग गरेर बिल दिए । बिरामी व्यापारीलाई डाक्टरले गरेको उदार व्यवहारबाट मजदुर प्रभावित भएको थियो । त्यही बुझेर डाक्टरप्रति विश्वस्त हुँदै मजदुरले आफूसँग सय रुपैयाँ अपुग हुने कुरा गर्यो र भोलि नै तिरिदिने विश्वास दिलाउन खोज्यो ।
मजदुर बिरामीको कुरा सुनेपछि डाक्टरले बिरामीको हातबाट झोला खोसे अनि दुई पत्ता जति औषधि झिकेर टेबुलमा राख्दै भिन्नै खालको उदारताका साथ बाँकी औषधि थमाएर भने- `तपाईंले बाँकी पैसा पनि दिनु पर्दैन । भोलि आउने झन्झट पनि व्यहोर्नुपर्दैन । यति औषधिले तपाईंलाई सन्चो हुन्छ ।´
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे