शीर्ष स्थानमा अग्रता फराकिलो बनाउँदै पीएसजी
शनिबार, २० माघ २०८०, ०६ : ३९

पेरिस । स्ट्रासबर्गलाई हराउँदै पेरिस सेन्ट जर्मेनले लिग वानको शीर्ष स्थानमा अग्रता फराकिलो बनाएको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले २–१ को जीत निकाल्दै ९ अङ्कको अग्रता बनाउन सफल भएको हो ।
खेलमा स्टार खेलाडी किलियान एम्बाप्पेले एक गोल गर्नुका साथै पेनाल्टीबाट गोल गर्नबाट चुकेका थिए । खेलको छैटौँ मिनेटमा नै पीएसजीको पेनाल्टीलाई एम्बाप्पेले गोलमा परिणत गर्न सकेनन् ।
तर ३१ औँ मिनेटमा मार्को असेन्सियोको पासमा गोल गर्दै उनले टोलीलाई अग्रता दिलाए । यो सिजन फ्रेन्च फरवार्डको २० औँ गोल थियो । दोस्रो हाफको सुरुवातमा उनले असेन्सियोका लागि गोलको अवसर सिर्जना गरे ।
६८ औँ मिनेटमा डिलेन बाकवाले एक गोल फर्काए पनि त्यसपछि कुनै गोल हुनसकेन । २० खेलपछि पीएसजीको ४७ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको निसको ३८ अङ्क छ । तर, टोलीले एक खेल कम खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुर्ण बहादुरको सारंगी’ बर्षकै धेरै कमाउने फिल्म, थोरै कमाउने ‘शीरफूल’
-
काभ्रेबाट लागुऔषध सहित दुई जना पक्राउ
-
बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिने, राष्ट्र बैंकले गर्यो व्यवस्था संशोधन
-
नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन गर्न अदालतको आदेश
-
‘कार्की साइँला’ को मुख्य भुमिकामा जितु
-
दाजुभाइबिच जग्गा विवादः बन्दुक चलाउन खोज्दा पक्राउ