सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

रोमाञ्चक पुनरागमन गर्दै दक्षिण कोरिया सेमिफाइनलमा, सन नायक

शनिबार, २० माघ २०८०, ०६ : ३१
शनिबार, २० माघ २०८०

दोहा । सन ह्युङ मिनले अतिरिक्त समयमा फ्रिकिकमार्फत उत्कृष्ट गरेपछि हारको कगारमा रहेको दक्षिण कोरिया एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा दक्षिण कोरियाले अस्ट्रेलियालाई २–१ गोलले हराएको हो ।

खेलको ४२ औँ मिनेटमा क्रेग गुडविनले गरेको गोलको मद्दतले अस्ट्रेलिया जीतको नजिक पुगेको थियो । तर, इन्जुरी समयमा सनलाई लेविस मिलरले फल हानेपछि ह्वाङ हि चानले ९६ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरे ।

निर्धारित समयमा खेल बराबरीमा सकिएपछि अतिरिक्त समयको १ सय ४ औँ मिनेटमा सनले उत्कृष्ट गोल गर्दै टोलीलाई जीत दिलाए । अतिरिक्त समयमा एडन ओ’निलले रातोकार्ड पाएपछि अस्ट्रेलिया १० खेलाडीमा सीमित बनेको थियो ।

दक्षिण कोरियाले सन् १९६० मा पछिल्लो पटक एसियन कपको उपाधि जितेको थियो । अब मंगलबार हुने सेमिफाइनलमा दक्षिण कोरियाले जोर्डनको सामना गर्नेछ । जोर्डनले तजाकिस्तानलाई १–० ले हराउँदै पहिलोपटक प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप