एकीकृत समाजवादी सधैँ जनताको पक्षमा : अध्यक्ष नेपाल
शुक्रबार, १९ माघ २०८०, २१ : ५२

दाङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्तमा चलेको बताउँदै जबजको विरोध गर्नेहरु कम्युनिष्ट हुन नसक्ने धारणा राखेका छन् ।
दाङ निर्वाचन क्षेत्र नम्बर १ देउखुरीमा पार्टीको भेलामा उनले जबजको सान्दर्भिकता आगामी दिनमा अझै बढ्दै जाने बताए । एकीकृत समाजवादी पार्टी सधैँ जनताको पक्षमा रहेको बताउँदै उनले देश तथा विदेशमा पनि पार्टीमा आकर्षण रहेको जिकिर गरे । उनले समाजवादी जागरण अभियानले समाजमा भावनात्मक सम्बन्ध कायम गर्ने बताए ।
पूर्वमन्त्री एवं दाङ क्षेत्र नं १ का सांसद मेटमणि चौधरीले गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धनको विकल्प नरहेको बताए । गठबन्धन कमजोर पार्न केही शक्तिले निकै बल गरे पनि उनीहरु निरन्तर असफल भइरहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल