नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा “डल्फिन” विटुमिन ब्राण्ड

काठमाडौँ । निर्माण सामग्रीहरुलाई नेपाली बजारमा बढावा दिँदै नवीनतम निर्माण प्रविधि र उत्पादनहरू प्रदर्शन गर्ने उद्देश्यले बिहीबारदेखि नवौं संस्करणको “नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी” काठमाडौंस्थित भृकुटी मण्डपमा भइरहेको छ ।
उक्त प्रदर्शनीको मुख्य आकर्षणको रुपमा एच.आर गोयल ग्रुपको विटुमिन स्टल नं O-023 रहेको छ ।
उक्त स्टलमा विटुमिनका साथै सडकनिर्माण कार्यको लागि आवश्यक केमिकलहरु, माईक्रो सिलिका MYK Arment का उत्पादनहरु, वाटर प्रुफिङ केमिकलहरु आदि प्रदर्शनीमा राखिएका छन् ।
डल्फिन ब्राण्डको विटुमिन नेपालमा अरविन्द इम्पोरियम प्रा.लि.ले आयात र विक्रिवितरण गर्दा आफ्नै अत्याधुनिक प्रयोगशालाबाट गुणस्तर परीक्षण गरी उच्च गुणस्तरको विटुमिन मात्र विक्रिवितरण गर्दै आइरहेको बताइएको छ ।
विटुमिनका साथै एच.आर. गोयल ग्रुपले निर्माण कार्यमा प्रयोग हुने MYK Arment का विभिन्न उत्पादनहरु समेतको आधिकारीक बिक्रेता रही नेपाली बजारमा विक्रिवितरण गर्दै आइहेको छ ।MYK Arment का उत्पादनहरु जसले विभिन्न ठूला निर्माण परियोजनाहरुमा संरचनाको आवश्यकताअनुसार High Grade concrete बनाउन, वाटर प्रुफिङ र ग्राउटिङ तथा सिमेन्टलाई छिटो सेट गराउनका लागि प्रयोग हुदै आइरहेको छ । उक्त सामानहरुको बारेमास्टल नं. -O-023) मा भिजिट गरी थप जानकारी लिन, सामानको अर्डर तथा बुकिङ गर्न समेत सकिने बताएको छ । डल्फिन विटुमिनको डिपो नेपालका प्रमुख शहरहरु विराटनगर, वीरगञ्ज, भैरहवातथा नेपालगञ्जमा रहेका छन् ।
यस्तै विटुमिनको गुणस्तर परीक्षण गर्न चाहने उपभोक्ता, ग्राहकहरुको लागि अरविन्द इम्पोरियमले निःशुल्क ल्याव परीक्षण गर्ने सुविधा समेत उपलब्ध गराएको छ भने विटुमिन खरिद गर्ने ग्राहक, उपभोक्ताहरुको लागि विज्ञ प्राविधिक मार्फत निःशुल्क रुपमा After Sales Service सेवा समेत उपलव्ध गराउदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ