गीत : छोरीमाथिको भेदभाव

खुबै गर्यौ, स्वर्गै तर्यौ, पराई घर पठायौ
न सुख–शान्ति, न घर–माइती, विक्षिप्त बनायौ
छोरा र छोरी हो बराबरी रहेछ मात्र नारा
छोराकै जित यस्तै छ रित छोरीको सधैँ हार
जन्मै दियौ, कर्मै दियौ, हुर्कायौ बढायौ
खुबै गर्यौ, स्वर्गै तर्यौ, पराईघर पठायौ
प्रकृतिको खेलै त हो हुर्क्यौ बढ्यौँ सँगै
भारी मन बिसौँदामा हुन्थ्यौ तिमी दङ्गै
न त हाम्रो मन बुझ्यौ न त कहिल्यै सोध्यौ
अकाट्य त्यो तिम्रो मन आफैँ खोज्यौ रोज्यौ
शिक्षा दियौ, दीक्षा दियौ, लेखायौ पढायौ
खुबै गर्यौ, स्वर्गै तर्यौ, पराईघर पठायौ
सरस्वती–देवी, कुमारी–लक्ष्मी महिला कै अवतार
चल्दैन सृष्टि, बदलौँ दृष्टि, त्यागौँ है तुच्छ बिचार
आँखाको नानी, ममता खानी, धर्ती हो महिला खास
महिला जान्छन् उज्यालो भाछन् ईश्वरकै त्यहीँ बास्
भेदभाव गर्यौ, गर्भै तुहायौ, पाप धर्मै कटायौ
खुबै गर्यौ, स्वर्गै तर्यौ, पराईघर पठायौ
न सुख–शान्ति, न घर–माइती, विक्षिप्त बनायौ
खुबै गर्यौ, स्वर्गै तर्यौ, पराईघर पठायौ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम हमला : नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
-
भुवनेश्वर कुमार बने आईपीएलमा दोस्रो सर्वाधिक विकेट लिने बलर
-
जेएनयू विद्यार्थी संघ चुनाव: अध्यक्ष सहित तीन पदमा वामपन्थी विजयी
-
क्यानडामा कारले ठक्कर दिँदा मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सिरी’ए : इन्टर मिलान हार्दा नापोली उक्लियो शीर्ष स्थानमा, उपाधिका लागि कडा टक्कर
-
किन गर्मीमा फ्रिजको चिसो पानी पिउनुहुँदैन ?