सन् २०२३ मा इण्डोनेसियामा विदेशी पर्यटकको आगमन दोब्बर

काठमाडौँ । २०२३ मा इण्डोनेसियामा विदेशी पर्यटकको आगमन बढेर ११.६७ मिलियन पुगेको छ । सन् २०२२ मा यो संख्या अघिल्लो वर्षको तुलनामा दोब्बर भएर ५.८९ मिलियन पुगेको हो ।
तथ्याङ्क इण्डोनेसियाका कार्यवाहक प्रमुख अमालिया विद्यसान्तीले भने कि २०२३ मा विदेशी आगमनको संख्यामा कोभिड १९ महामारीपछि नयाँ रेकर्ड भएको बताए । यद्यपि इन्डोनेसियाको पर्यटन महामारीबाट पूर्ण रूपमा निको हुन सकेको छैन । २०१९ मा पर्यटक आगमन संख्या १६.११ मिलियन पुगेको थियो । डिसेम्बर १.१४ मिलियन विदेशी भ्रमणका साथ शिखर सिजनको रूपमा रेकर्ड गरिएको थियो ।
गत वर्ष मलेसियाबाट सबैभन्दा बढी १९ लाख, अष्ट्रेलियाबाट १.४३ मिलियन र सिंगापुरबाट १.४१ मिलियनले भ्रमण गरेको बताइएको छ । बाली विमानस्थलबाट सबैभन्दा बढी विदेशी पर्यटक ५२ लाख अर्थात ४४.९४ प्रतिशत भित्रिएका छन् । २०२३ मा बसाइको औसत लम्बाइ ८.५ दिन रेकर्ड गरिएको थियो ।
सिन्ह्वा/न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा ज्ञानेन्द्र : पोखरामा एक महिना बसे, फर्किनुअघि भोज
-
विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन
-
‘अफ्रिकन स्वाइन फिवर’ नियन्त्रणमा
-
‘सामान्य समस्यालाई ठुलो बनाएर अदालत जाने बढे’
-
पूर्वराजाका समर्थकले कहाँ कहाँबाट निकाल्दै छन् जुलुस ?
-
‘एक भएर बस्न नसक्ने सम्बन्ध टुटेकै राम्रो हुन्छ’