‘दयारानी’को सिक्वेल बन्छ– माओत्से गुरुङ
काठमाडौँ । फिल्म ‘दयारानी’ का निर्देशक हुन् माओत्से गुरुङ । लाहुरे परिवारिका उनी त्यो विरासत छोडेर फिल्ममा होमिएका हुन् । कलाकारको रुपमा थुप्रै फिल्म अभिनय गरेका माओत्सेको ‘दयारानी’ निर्देशकमा डेब्यु फिल्म हो । फिल्म माघ २६ गते शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ ।
दयाहाङ राई र दीया पुनको मुख्य भूमिका रहेको फिल्मलाई लिएर उनी निकै उत्साहित छन् । फिल्मको प्रचारका लागि बाहिर ल्याइएको ट्रेलर र टिजरबाट राम्रो प्रतिक्रिया मिलेको समेत उनी बताउँछन् । ‘दयारानी’ को कथाभन्दा पनि कथा भन्ने शैली भिन्न छ’, उनले भने, ‘फिल्मबाट दर्शकले भिन्न सन्तुष्टि प्राप्त गर्न सक्छन् । त्यसैले फिल्म सफल हुनेमा म आशावादी छु ।’ फिल्मभित्र हास्य रसमा समाजका पुरुष अंहकारमाथि गम्भीर छेडखानी गरेको उनले सुनाए ।
‘यो फिल्मले एउटा अंहकारी पुरुषको मनोविज्ञान प्रस्तुत गर्छ । जसले आफ्नो कमी कमजोरी अरूमाथि थुपार्छ’, उनले अगाडि थपे– ‘अन्तिमसम्म पनि म कमजोर छु भन्ने कुरालाई आत्मसात् गर्छ ।’ समाजमा पितृ सत्ता महिलामाथि अझै हाबी छ भन्ने समेत फिल्मले देखाउने उनले खुलाए ।
बिहीबार साँझ पत्रकारसँग कुरा गर्दै गुरुङले ‘दयारानी’ पाँचवर्ष अगाडिको फिल्म भएको बताए । तर पर्दा हेर्दा सदाबहार साबित हुने गुरुङको दाबी छ । कार्यक्रममा गुरुङले फिल्मको सिक्वेल समेत बन्ने सुनाए । उनले भने, ‘सिक्वेलका लागि कथा तयार छ । निर्माता तयार भए धेरै समय लाग्दैन ।’
‘दयारानी’ बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको हो । फिल्ममा दयाहाङ र दियाका अलावा विजय बराल, प्रमिशा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकारको अभिनय छ ।
मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । फिल्म नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस सभापति देउवा आज धनुषा जाँदै
-
बागमतीमा मन्त्रालयका लागि भवन अभाव, भत्काउन तयारी गरिएको घरमा २ मन्त्रालय
-
प्रधानमन्त्रीले बोलाएको बैठकमा बाबुराम नजाने, सामाजिक सञ्जालबाटै दिए सुझाव
-
मधेस प्रदेशमा डेंगु सङ्क्रमण न्यून, के भन्छन् विज्ञ ?
-
आजको राशिफल : कस्तो रहला आज तपाईंको दिन ?
-
टेलिकमको टावर निर्माण अन्तिम चरणमा, फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै