फोटोफिचर
पाटनमा १२ वर्षे शिकाली जात्राको नाच प्रदर्शन (तस्बिरहरू)
शुक्रबार, १९ माघ २०८०, १३ : ४०
![पाटनमा १२ वर्षे शिकाली जात्राको नाच प्रदर्शन (तस्बिरहरू)](https://npcdn.ratopati.com/media/news/cover-jatra_bpKlohsDex.jpg)
ललितपुर । ललितपुरको पाटनमा रूद्रायणी देवीको १२ वर्षे शिकाली जात्राको नाच प्रदर्शन गरिएको छ । शुक्रवार पाटनमा सो जात्राको अन्तिम नाच प्रदर्शन गरिएको हो । पाटनका विभिन्न स्थानमा प्रदर्शन गरिएपछि माघ २० गते यो जात्रा खोकना फर्कने छ । त्यसलगत्तै जात्रा चन्द्रागिरि र काठमाडौँकाे वसन्तपुरमा लगिने छ ।
यो जात्रा काठमाडौँ उपत्यकाको दक्षिणमा अवस्थित ऐतिहासिक पुरानो नेवाः बस्ती खोकनामा मनाइने चलन छ । सो बस्तीमा हरेक १२ वर्षमा मनाइने यो जात्रा खोकना बाहिर पनि मनाइने चलन छ । सोही क्रममा मङ्सिर १३ गते खोकनाबाट सानो खोकना हुँदै बाहिरिएको यो जात्रा शुक्रवार पाटनमा देखाइएको हो ।