बिक्री खुल्ने बित्तिकै २ लाख थान भिजन प्रो बिक्यो

काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकले करिब १० वर्षपछि नयाँ हार्डवेयर ल्याएको थियो । कम्पनीले सन् २०१४ मा एप्पल वाच ल्याएयता गएको वर्ष एप्पल भिजन प्रो सार्वजनिक गरेको थियो । कम्पनीले फेब्रुअरी २ देखि अमेरिकी बजारमा यो हेडसेटको विक्री सुरु गरेको छ । बजारमा आउने बित्तिकै यो डिभाइस सोल्ड आउट भएको छ ।
कम्पनीले जनवरी १९ मा प्रीअर्डर सुरु गरेको थियो । खबरहरूका अनुसार प्रीअर्डर खुलेको केही समयमै डेलिभरी डेट बढेर फेब्रुअरीसम्म पुगेको थियो । कम्पनीले भिजन प्रोको विक्री खुलाएको केही बेरमै २ लाख थान डिभाइस बेचेको छ । कम्पनीसँग मोबाइल जस्तै गरी ठुलो सङ्ख्यामा भिजन प्रो थिएन । त्यसैले पनि जति ढिला अर्डर गर्यो उतिउति डिभाइसको डेलिभरीको म्याद पछाडि सरिरहेको छ ।
भिजन प्रो मिक्स्ड रियालिटी हेडसेट हो । यसमा युजरले भर्चुअल एक्सपीरियन्सलाई वास्तविक संसारसँग मिसाएर हेर्न पाउँछन् । तर यसको मूल्य निकै धेरै छ । कम्पनीले यो डिभाइसको मूल्य ३ हजार ४९९ डलर राखेको छ । अहिलेका लागि एप्पलका प्रडक्ट रुचाउने, नयाँ प्रविधि उक्सप्लोन गर्न खोज्नेहरूले यसको अर्डर गरिरहेका छन् । सर्वसाधारणका लागि यो उपकरण निकै महँगो भएकोले केही समयपछि हेडसेटको कम हुने अनुमान विश्लेषकहरूले गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै
-
गरिब, विपन्न नागरिकलाई निःशुल्क खानेपानीको सुनिश्चित गर्ने दिशामा सरकारले काम गर्यो : मन्त्री यादव