बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
राजनीति

ओलीको आरोप : सरकारले लोकतान्त्रिक प्रणाली नै मास्यो

शुक्रबार, १९ माघ २०८०, ११ : ५५
शुक्रबार, १९ माघ २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जताततै हस्तक्षेप गरेर लोकतान्त्रिक प्रणाली नै मासेको भन्दै यस्तो स्वेच्छाचारिताले मुलुक नचल्ने बताएका छन् ।

शुक्रबार एमाले निकट बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक संस्था रेडक्रस, एनआरएनए जस्ता संस्थामा हस्तक्षेप गरेर स्वेच्छाचारिता देखाएको बताए ।

‘रेडक्रस चल्न नदिने यो कस्तो सरकार हो ? गैरआवासीय नेपालीहरूले आफ्नो संस्था बनाए त्यसमा हस्तक्षेप गर्ने ? अधिवेशनमा कार्यकर्ता लगाएर कुर्सी तोडफोड, अनेक प्रकारका हुलदङ्गा । अघिल्लो अधिवेशनमा गैह्र आवासीयको चुनावमा तीन वटा अध्यक्ष बनाउनुपर्‍यो  । कांग्रेसलाई दुईवटा अध्यक्ष अनि अर्को जित्ने’, उनले भने, यसपटक अधिवेशन भयो सत्ता पक्ष हार्‍यो रे ? हारेपछि अधिवेशन नमान्ने जित नमान्ने ? कस्तो सरकार बन्यो नेपालमा ? प्रणाली नै मासियो ।’

ओलीले काम नलाग्ने र अलोकतान्त्रिक भ्रष्टाचारी सरकार भन्दै गैरकानुनी र बेतिथिसँग चल्ने सरकारको संज्ञा दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप