रियल मड्रिड लालिगाको शीर्ष स्थानमा
शुक्रबार, १९ माघ २०८०, ०८ : ५४

काठमाडौँ । स्पेनिस लालिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा फर्किएको छ । यसअघि १ अंकले पछि रहेको रियल बिहीबार रातिको खेलमा गेटाफेलाई २–० गोल अन्तरले पराजित गर्दै रियल तालिकाको शीर्ष स्थानमा फर्किएको हो ।
रियल अहिले दोस्रो स्थानको जिरोनाभन्दा २ अंकले अगाडि छ । रियलको ५७ अंक हुँदा जिरोनाको ५५ अंक रहेको छ । रियलको जितमा दुवै गोल जोसेलुले गरेका थिए । १४ औँ मिनेटमा जोसेलुले लुकासको पासमा गोल गर्दै रियललाई अग्रता दिलाए ।
५६ औँ मिनेटमा जोसेलुले भिनिसियस जुनियरको पासमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए । सोही अग्रता रियलले अन्तिमसम्म कायम राख्दै तालिकामा ३ अंक थप्न सफल भयो । पराजित भएको गेटाफे भने १० औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेट : मिचेल मार्श र निकोलस पुरनको अर्धशतकसँगै लखनउले कोलकातालाई दियो २३९ रनको लक्ष्य
-
इरानमा कोइला खानीमा ग्यास चुहिँदा सात कामदारको मृत्यु
-
गणतन्त्र नै किन ?
-
अल्लु अर्जुनको हातमा पर्यो ८ सय करोड भारुको फिल्म
-
काठमाडौँ महानगरमा स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण
-
केपी ओली कप राष्ट्रिय क्रिकेट : गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीको जित