पाण्डेको नेतृत्वमा पर्यटन व्यवसायी संगठनको नयाँ कार्यसमिति गठन
काठमाडौँ । नेपाल पर्यटन व्यवसायी संगठनको नयाँ कार्यसमिति गठन भएको छ । काठमाडौँमा सम्पन्न संगठनको प्रथम अधिवेशनले नवराज पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
देशको मुख्य आर्थिक श्रोतका रूपमा स्थापित पर्यटन क्षेत्रसँग सम्बन्धित गतिविधिहरू सञ्चालन गर्दै आएको संगठनमा ५१ सदस्यीय केन्द्रीय समिति रहेको छ ।
संगठनको वरिष्ठ उपाध्यक्षमा ऋषिराम भण्डारी, उपाध्यक्षहरूमा सूर्यबहादुर घिमिरे, प्रकाश चन्द्र देवकोटा, ठाकुरप्रसाद सापकोटा, शोभाकर बञ्जाडे, इन्द्रप्रसाद भण्डारी, देवीकृष्ण रोकाया, देवराज जैसी चयन भएका छन् ।
यस्तै महासचिवमा अबिर मल्ल, सचिव अजिब भट्ट, कोषाध्यक्षमा सरिता लामा र सह कोषाध्यक्षमा कृष्णबहादुर परियार चयन भएका छन् । अभियन्ता तथा व्यवसायी देवीकृष्ण रोकाया नेपाल पर्यटन व्यवसायी संगठनको उपाध्यक्षमा चयन भएका छन् । कर्णालीको पर्यटन क्षेत्रमा भिन्न बहसको थालनी गरिरहेका रोकाया विगत लामो समयदेखि कर्णाली पर्यटनको क्षेत्रमा क्रियाशील छन् ।
रोकायासँग यसअघि उनी कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्ष, नेपाल भ्रमण वर्ष २०२० को सदस्य, भिटोफ नेपालमा केन्द्रीय सदस्य, नेपाल पर्यटन व्यवसायी संगठनको संयोजक (कर्णाली) लगायतका पदहरूमा रही कार्यसम्पादन गरेको अनुभव रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाएका दुरजङ
-
बागमतीका ५ सहकारी ‘समस्याग्रस्त’ घोषित, कसको दायित्वमा कति रकम ?
-
प्रयागराज महाकुम्भमेला : धार्मिक पर्यटन प्रवर्द्धन गर्न उपयोगी
-
बाँकेमा भेटिए बीस प्रजातिका चरा
-
रुसी राष्ट्रपतिलाई ट्रम्पको चेतावनी-युक्रेन युद्ध समाप्त गर्ने कि आर्थिक दण्ड भोग्ने ?
-
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, यी स्थानमा वर्षा र हिमपातको सम्भावना