दुर्घटनाग्रस्त रुसी ११-७६ सैन्य विमान खसाल्न प्याट्रियट प्रणाली-निर्देशित मिसाइल प्रयोग
बिहीबार, १८ माघ २०८०, २१ : १५

मस्को । युक्रेनी सेनाले गत हप्ता रुसी ११-७६ सैन्य विमानलाई खसाल्न प्याट्रियट प्रणाली-निर्देशित मिसाइल प्रयोग गरेको आरआइए समाचार एजेन्सीले बिहीबार उल्लेख गरेको छ।
रुसी अन्वेषकहरूका अनुसार विमान दुर्घटनास्थल नजिकै अङ्ग्रेजी भाषामा लेखिएका दुईवटा एन्टी-एयरक्राफ्ट मिसाइलका ११६ वटा टुक्राहरू भेटिएका थिए।
उक्त विमानमा ६५ जना युक्रेनी कैदी, छ जना चालक दलका सदस्य र तीन जना साथमा सवार रहेको रुसी यातायात विमान गत हप्ता देशको बेलगोरोड क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।- (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सुपर लिग : कुन खेलाडी कुन टोलीमा पुगे ?
-
प्लस टु सञ्चालन गर्न चन्दा उठाएरै ७० लाखको अक्षय कोष
-
अमेरिकी शीर्ष सैन्य नेतृत्वमा ठुलो परिवर्तन, जनरल ब्राउन हटाइए
-
जदौको स्वरमा मरिहत्ते श्रोता–संसार
-
तस्बिरमा हेर्नुहोस् नेपाल सुपर लिगको अक्सन
-
माओवादीले नेतृत्व गरेका पालिका टाढैबाट चिनिने बनाउनुपर्छ : प्रचण्ड