यती एअरलाइन्सले थप्यो दुई वटा एटीआर जहाज

काठमाडौँ । निजी वायुसेवा कम्पनी यती एअरलाइन्सले दुई वटा जहाज थपेको छ । आफ्नो सेवा विस्तार गर्ने क्रममा कम्पनीले दुई वटा एटिआर ७२–५०० विमान थपेको हो ।
बिहीबार साँझ ५:२० र ५:३० बजे दुई वटा जहाज क्रमशः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गरेको कम्पनीले जानकारी दिएको छ ।
७२ सिट क्षमताको दुईवटै विमान यतीले बंगलादेशबाट खरीद गरेर ल्याएको हो ।
विमान थप गरेसँगै यतीसँग एटिआर अब ७२–५०० वायुयानको संख्या ७ पुगेको छ । थप गरिएको वायुयानले नेपाली रजिष्ट्रेशन ९एन- एओएफ र ९एन- एओएच नम्बर पाएको छ । खरीद गरिएका विमानहरु यतीका क्याप्टेनहरुले नै बंगलादेशको ढाकाबाट उडान गरी नेपालमा ल्याएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।
थप गरेको जहाजले हाल उडान गर्ने गन्तव्यमा नै सेवा बिस्तार गर्ने नीति लिएको र आवश्यक कागजी प्रक्रिया पूरा गरी १ सातापछि उडान सेवा दिने उनले बताए ।
यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाकाले आन्तरिक हवाई सेवालाई अझै सहज तथा सुलभ बनाउन थप जहाज भित्राउने नीति लिएको र जहाज थप गरेसँगै यात्रुहरुलाई तोकिएको समयमै उडान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए ।
साथै सन् २०२४ भित्रै थप ३ वटा जहाज ल्याई यतीको १० वटा एटीआर जहाज पुर्याउने लक्ष्य कम्पनीको रहेको बताउँदै अध्यक्ष सापकोटाले आफ्नो गुमेको बजार हिस्सा पुनः फर्काउने दाबी गरे ।
एटिआर कम्पनीको वेबसाइटकाअनुसार एटिआर ७२–५०० टर्बोप्रप विमानले पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दछ । ७०–७२ सिट क्षमताको यो विमान टर्बोप्रप इन्जिन भएको उत्कृष्ट विमान मानिन्छ । पिडब्लु १२७ इन्जिनहरूद्वारा संचालित एटिआर ७२–५०० यस आकारको विमानको लागि उत्कृष्ट मानिन्छ । अन्य विमानभन्दा कम आवाज र कम्पन हुने तथा भित्री इन्टेरियर उत्कृष्ट भएकोले उडानको क्रममा आरामदायी हुनेछ ।
यती एअरलाइन्स हालसालै एशियन लाईफ ईन्स्योरेन्सलाई लगानीकर्ताको रुपमा भित्राएको लिमिटेड कम्पनी हो । कम्पनीले यसै वर्षभित्र सर्वसाधरणको लागी आईपिओ जारी गर्ने लक्ष्य समेत लिएको छ ।
हाल यती एयरलाइन्सले नेपालको सुगम गन्तव्यहरु काठमाडौँ, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज लगायत पर्वतीय उडानहरु गर्दै आएको छ भने अन्तर्राष्ट्रियतर्फ चार्टर र नन–सेड्युल उडान गरी हवाईसेवा प्रदान गर्दैआएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा