अरुण चौधरीलाई पक्राउ गर्न ३ महिना अनुसन्धान
एआईजी भन्छिन्– कानूनविद्सँग पनि सल्लाह गरेका थियौँ
बिहीबार, १८ माघ २०८०, २० : ४०
_TWuQFwbN1P.jpg)
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अधिकारीहरुले व्यवसायी अरुण चौधरीलाई पक्राउ गर्नुअघि ३ महिना अनुसन्धान गरेको बताएका छन् । लामो अनुसन्धानपछि बिहीबार चौधरीलाई लाजिम्पाटबाट पक्राउ गरिएको सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिनाबारे अनुसन्धान गर्न सीआईबीका प्रहरी उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वमा समिति गठन गरिएको थियो । समितिले ३ महिनाको अनुसन्धानपछि अवैध तरिकाले सरकारी जग्गा हिनामिना गरेको रिपोर्ट बुझाएसँगै चौधरी पक्राउ परेका हुन् ।
‘बाँसबारीको जग्गाबारे ३ महिना अनुसन्धान गरेका छौं’ ब्यूरो प्रमुख किरण बज्राचार्यले भनिन्,‘मुद्दाबारे हामीले सरकारी वकिल र अन्य कानूनविद्हरूसँग पनि छलफल गरेका थियौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
धनगढी हाफ म्याराथनको उपाधि सेनाका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने