व्यवसायीलाई छापामार शैलीमा धरपकड गर्न हुँदैन : अध्यक्ष अग्रवाल
बिहीबार, १८ माघ २०८०, १८ : ३२

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सूचना नै नदिएर व्यवसायी पक्राउ गर्न नहुने बताएका छन् । बिहीबार परिसंघको आकस्मिक पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अग्रवालले छापामार शैलीमा व्यवसायी पक्राउ गर्न नहुने बताएका हुन् ।
‘व्यवसायी बसिरहेको समयमा घरमा पुगेर पक्राउ गर्न हुँदैनथ्यो,’ उनले भने, ‘प्रतिष्ठित व्यवसायीको मानमर्दन भएको छ । यसबाट लगानीको वातावरण बिग्रन्छ । व्यवसायीले कारबाही गरेको भएमा कानूनीमाध्यमबाट अदालती प्रक्रियाबाट प्रमाणित भएपछि पक्राउ गर्नपर्थ्यो ।’
तर, सूचना नै नदिएर हठातरुपमा पक्राउ गर्नु गलत भएको अग्रवालले बताए । यो शैलीबाट उद्योगी व्यवसायीको मानमर्दन हुने र लगानीको वातावरण नै बिग्रने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु