व्यवसायी माथिको धरपकडले लगानीको वातावरण बिग्रन्छ : अध्यक्ष कार्की
बिहीबार, १८ माघ २०८०, १८ : २९

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थाका अध्यक्ष गणेश कार्कीले सरकारले व्यवसायी अरुण चौधरी समातेपछि नेपालको लगानीको वातावरण बिग्रने बताएका छन् । बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कार्कीले लगानीको वातावरण बिग्रने बताएका हुन् ।
उनले सरकारले छिटोभन्दा छिटो यो केसलाई सल्टाउन पर्ने बताएका छन् । जलविद्युत क्षेत्रमा पनि सरकारले ठूलो मात्रामा लगानीको योजना बनाइरहेको र वैशाखमा लगानी सम्मेलनको आयोजना गरेकाले पछिल्लो कदमले लगानीको वातावरण बिग्रने उनले बताए ।