युक्रेनका लागि ५० अर्ब यूरोको रोक्का आर्थिक सहयोग प्याकेज फुकुवा

ब्रसेल्स । यूरोपेली संघ (ईयू)का नेताहरुले यूरोपका लागि ५० अर्ब यूरो बराबरको आर्थिक सहायता प्याकेजमा सहमति गरेका छन् । यूरोपेली परिषद्का अध्यक्ष चाल्र्स माइकलले यस्तो बताएका हुन् ।
एक्समा एक पोष्टमा आफूहरुले सम्झौता गरेको उनले भनेका छन् । यूरोपका २७ देशका नेताहरुले आर्थिक प्याकेजमा सहमति दिएका छन् ।
यसअघि पनि पारित भइसकेको आर्थिक प्याकेज हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बानले रोकेका थिए । यस पटक पनि उनले त्यस्तै गर्लान् कि भन्ने डर थियो । तर उनले त्यसो गरेनन् । युक्रेनप्रति ईयूको नीतिबारे पुनःविचार होस् भन्ने आफूले चाहेको अनि आगामी चार वर्षसम्म युक्रेनका लागि आर्थिक सहयोग उपलब्ध गराइरहने अवधारणमाथि प्रश्न उठाएका थिए ।
कूटनीतिक स्रोतहरुले रोयटर्सलाई बताएअनुसार नयाँ सम्झौतामा वर्षेनी आर्थिक प्याकेजबारे छलफल हुने र आवश्यकता परेमा हरेक दुई वर्षमा यसको समीक्षा गर्ने विकल्प छ । यो प्याकेजमा वर्षेनी मतदान होस् भन्नेमा ओर्बनले दबाब दिँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेताको टाउको होइन, कार्यकर्ताको मन जोड्नुपर्छ
-
काभ्रेमा प्रहरीद्वारा ‘नागरिक–प्रहरी’ पुस्तकालय सञ्चालन
-
‘जनतालाई समाजवाद बुझाउने गरी कोही पनि हिँड्न सकेनौँ’
-
‘माओवादीको विकल्पमा अन्य पार्टी छैनन्’
-
जति दक्षिणतिर पुगेँ, उति नै विभेद र अभाव पाएँ : प्रचण्ड
-
ब्रन्टको अलराउण्ड प्रदर्शन, दिल्लीलाई उछिन्यो मुम्बईले