शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एक हप्तासम्म खाली पेटमा खानुहोस् मरिच, त्यसपछि हेर्नुहोस् के हुन्छ

आइतबार, ०२ वैशाख २०७५, ०८ : २६
आइतबार, ०२ वैशाख २०७५

मरिच ‘क्विन अफ स्पाइस’ नामले प्रसिद्ध छ । यो हाम्रो मसलाको महत्वपूर्ण अंग पनि हो । मरिचले हाम्रो खानाको स्वाद बढाउनुका साथै थुप्रै रोगको उपचारमा पनि निभै लाभदायक छ ।

भारतका आयुर्वेदिक विज्ञ अबरार मुल्तानीले कालो मरिचका फाइदाबारे जानकारी दिएका छन् । तपार्ईं यसलाई लगभग सबै तरकारीमा राखेर खान सक्नुहुन्छ र यसको लाभ उठाउन सक्नुहुन्छ । यसमा क्याल्सियम, आइरन, फस्फरोस, क्यारोटिन, थाइमनजस्ता पौष्टिक तत्व हुन्छन् । यदि तपाईं यसलाई खाली पेटमा खानुहुन्छ भने यसका विभिन्न फाइदा पाउन सक्नुहुन्छ । खाली पेटमा नियमित सात दिनसम्म मरिचको सेवन गर्नुहुन्छ भने तपाईंको धेरैजसो रोग निको पार्न सहयोग पुर्याउँछ । तीमध्ये केही समस्या त मरिच खाने बित्तिकै समाप्त हुन्छ ।

मलेरिया हुँदा मरिचको सेवन निकै फाइदाजनक हुन्छ । दाँतको दुखाइमा पनि यसले तुरुन्त राहत प्रदान गर्दछ । आँखाको ज्योतीका लागि पनि यो निकै गुणकारी हो । शरिरको कुनै अंग सुन्निँदा, कालो मरिच पिसेर लगाउँदा यसले चाँडै नै ठिक गर्छ ।

मरिचका फाइदालाई बुँदागत रुपमा बुझौंः

एक चम्चा घ्यू र आठवटा मरिचलाई महमा मिसाएर दैनिक चाट्दा यसले स्मरण शक्तिमा सुधार ल्याउनुका साथै दिमागको कमजोरीलाई भगाउँछ ।

मरिचको प्रयोगले शरिरमा सेरोटोनिन हर्मोन बनाउँछ जुन राम्रो मूडका लागि जिम्मेवार हुन्छ । सेरोटोनिनको मात्रा बढ्दा डिप्रेशनजस्ता रोग लाग्न दिँदैन ।

यदि तपाईंको रक्तचाप बढेको छ भने पाँचवटा मरिचको पाउडरलाई आधा गिलास पानीमा राखेर पिउनुहोस् । तपाईंको रक्तचाप नियन्त्रणमा रहन्छ ।

खाना खाएपछि एक चिम्टी मरिचको पाउडरलाई आधा चम्चा घ्यूसँग मिसाएर खानुहोस्, तपाईंको खोकी निको हुन्छ ।

आधा काटिएको कागतीमा बिरे नुन र मरिचको पाउडर राखेर चुस्नुहोस् । यसले तपाईंको अपच र ग्यासको समस्यालाई ठिक गरिदिन्छ ।

मरिचमा भिटामिन सी, भिटामिन ए, फ्लेवोनोइड्स र एन्टी अक्सिडेन्ट पाइन्छ जसले क्यान्सरबाट बचाउँछ ।

एजेन्सीको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप