अरुण चौधरी पक्राउ परेपछि आधिकारिक धारणा बनाउँदै महासंघ, आकस्मिक पदाधिकारी बैठक

काठमाडौँ । व्यवसायी अरुण चौधरी पक्राउ परेपछि नेपाल उद्योग वाणिज्य महासंघले आकस्मिकरुपमा पदाधिकारी बैठक बोलाएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आकस्मिकरुपमा पदाधिकारी बैठक डाकेका हुन् ।
बासबारी छालाजुत्ता उद्योगको जग्गा हिनामिना गरेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । यससँगै, निजी क्षेत्रका छाता संगठनहरु आफ्नो धारणा बनाउनतर्फ जुटेका छन् ।
यही सिलसिलामा महासंघले साँझ ६ बजेलाई पत्रकार सम्मेलन डाकेको महासंघका उपाध्यक्ष हेमराज ढकालले जानकारी दिए । उनले सरकारले हठातरुपमा व्यवसायी पक्राउ गरेर लगानीको वातावरण नै धमिलो पार्न खोजेको आरोप समेत लगाए ।
‘व्यवसायीले गल्ती गरेको भए कानूनीरुपमा बोलाएर सोधपुछ गर्न सक्नुपर्थ्यो,’ उनले भने ।
चौधरी पक्राउ परेपछि विरोध गर्नका लागि नेपाल उद्योग परिसंघले समेत पत्रकार सम्मेलनको आयोजना गरेको छ । परिसंघले हठातरुपमा उद्योगी पक्राउ गरेपछि त्यसको विरोध गर्न भन्दै काठमाडौँमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने