मिडिया काउन्सिल विधेयकमा प्रेस काउन्सिलको चासो

काठमाडौँ । सरकारले अघि बढाएको मिडिया काउन्सिल तथा आमसञ्चार विधेयकबारे प्रेस काउन्सिल नेपालले चासो देखाएको छ । बिहीवार काठमाडौँमा सरोकारवालाहरुसँग प्रेस काउन्सिल नेपालले मिडिया काउन्सिल तथा आमसञ्चार विधेयकको सम्बन्धमा छलफल गरेको हो । नेपाली मिडियाको विकास तथा संवर्द्धन गर्दै नियमन गर्ने भनि अघि बढाएको मिडिया काउन्सिल लगायतका विधेयकको सम्बन्धमा सरोकारवालाहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।
सरकारले मिडिया काउन्सिल विधेयक र आमसञ्चारसम्बन्धी विधेयक परिमार्जन नगरी अगाडी बढाउन नहुने विज्ञहरुले सुझाव दिँदै आएका छन् । मिडिया काउन्सिल सम्बन्धि विधेयकले प्रेस काउन्सिल नेपालको संरचनालाई प्रभाव पार्ने भन्दै यसको विरोध हुँदै आएको छ ।
यसै सन्दर्भमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सरकारले ल्याउने सञ्चार सम्वद्ध विधेयकहरु मिडिया प्रवद्र्धन, सञ्चारको विकास र पत्रकारहरुको हक, हितका लागि हुनुपर्ने भन्दै आफूहरुले पनि त्यसबारे छलफल चलाइरहेको बताए । उनले त्यस्ता विधेयकहरु मिडिया र मिडियाकर्मीको विकास र संवद्र्धनप्रति केन्द्रित हुनुपर्नेमा जोड दिए ।
‘प्रेस काउन्सिलले सञ्चार क्षेत्रको विकास, संवर्द्धन, प्रवर्द्धनका लागि सरकारले जुन खालका विधेयकहरुमा आफ्नो खालको तयारी गरेको छ । र केही विधेयकहरु संसदमा जाँदैछन् । संसदमा जाने विधेयकहरु साँच्चिकै मिडिया लागि, सञ्चारका विकासका लागि, पत्रकारको हक, हितका लागि हुनुपर्छ भन्ने सन्दर्भमा हामीले पनि छलफल चलाइरहेका छौँ’ अध्यक्ष बस्नेतले भने, ‘हामीले सरकारलाई सुझाव पनि दिन्छौँ । यति मात्रै हो कि आएका सञ्चारसम्वद्ध विधेयकहरु विवादमा नपरुन्, विवादास्पद नहुन्, तिनले जनताको हित गरोस्, मिडिया र मिडियाकर्मीको विकास र संवद्र्धनप्रति ती विधेयकहरु केन्द्रित हुन् भन्नेमा हाम्रो चासो, चिन्ता र सरोकार छ ।’
आगामी दिनमा बन्ने कानुनले मिडियामाथि आइलागेका संकटलाई सम्बोधन गर्नुपर्ने उनले बताए । बस्नेतले सरकारलाई त्यही सुझाव दिनका लागि आफूहरुले सुझाव संकलन गर्ने कार्यक्रमहरु गरिरहेको समेत बताए । ‘अहिले मिडियामाथि आइलागेका संकटलाई सम्बोधन गर्ने खालका आगामी कानुनहरुले त्यसलाई सम्बोधन गर्नुपर्छ भन्ने हाम्रो प्रमुख सरोकार हो । अहिलेको प्रेस काउन्सिललाई कसरी मजबुत बनाउन सकिन्छ, कसरी थप अधिकारसम्पन्न बनाउन सकिन्छ भन्ने सन्दर्भमा हाम्रो जहिले पनि सरोकार हुन्छ’ उनले भने, ‘सरकारले पनि यो पक्ष त हेर्छ नै । चाहे त्यो कानून संशोधन गरेर होस् । चाहे काउन्सिललाई थप स्वायत्तता बनाउन कानूनी पूर्वाधार बनाएर होस् यो विषयमा हाम्रो सरोकार हुन्छ ।’
अध्यक्ष बस्नेतले प्रेस काउन्सिल ऐन अथवा प्रेस काउन्सिल नेपालाई मजबुत र अधिकारसम्पन्न बनाउनेगरी विधेयक आउनुपर्नेमा जोड दिए । सरकारले प्रेस काउन्सिललाई बलियो बनाउन ध्यान दिनुपर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ: महामन्त्री थापा
-
देउवा नहल्लिएसम्म सरकार सुरक्षित रहने एमाले नेताहरूको विश्वास
-
जुडशीतल : तराई–मधेशको लोकपर्व
-
आईपीएलसँग जोडियो रोबोटिक कुकुर ! प्रत्यक्ष प्रशारणमा सहयोग गर्ने
-
ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको २ अर्ब डलर रकम
-
मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?