बाँसबारी जग्गा प्रकरणबारे सीआईबीले शुक्रबार पत्रकार सम्मेलन गर्ने

काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्ने भएको । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको सीआईबी बताएको हो ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा तीन जना पक्राउ परेका छन् । सीआईबीको टोलीले बिहीबार सो प्रकरणमा चौधरी ग्रुपका एक सदस्य तथा सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी, छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पक्राउ गरेको हो ।
यो प्रकरणमा अनुसन्धान गर्न तीन महिना अगाडि सीआईबीले एसपी होविन्द्र बोगटीको नेतृत्वमा एक कमिटी गठन गरेको थियो । सोही कमिटीले अनुसन्धान गर्दा उनीहरू दोषी पाइएपछि पक्राउ गरेको हो । उनीहरुविरुद्ध किर्ते, ठगी र सरकारी सम्पत्ति हिनामिनामा मुद्दा चलाउनका लागि अदालतबाट म्याद लिन लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ विजयी
-
आजदेखि फेवा महोत्सव, होटलमा पाहुनालाई २० प्रतिशतसम्म छुट
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
वैशाख अन्तिममा जुम्ला-रारा अल्ट्रा म्याराथन
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार