३० अंकले घटेर नेप्से सूचक २ हजार ६७ अंकमा झर्यो, ४ अर्बको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से सूचक ३० अंकमाथिले घट्न पुगेको छ । अघिल्लो दिन २१ अंकले घट्दै २ हजार ९७.९३ अंकमा झरेको नेप्से सूचक आज थप ३०.९२ अंकले घट्दै २ हजार ६७ बिन्दुमा झरेको हो ।
आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.६९ अंकले घट्दै ३७३.९३ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
फाइनान्स बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक २.३५ प्रतिशतले घटेको छ भने अन्य समूहको उपसूचक २ प्रतिशतले, माइक्रो फाइनान्स समूह १.४७ प्रतिशतले र इन्भेस्टमेन्ट समूहको उपसूचक १.२९ प्रतिशतले घटेको छ ।
बैङ्किङ समूह आज १.२२ प्रतिशतले घट्दा फाइनान्स समूह भने ०.२१ प्रतिशतले बढेको छ । आज ३० अंक माथिले नेप्से सूचक घटेको बजारमा ४ अर्ब १८ करोड ६ लाख रुपैयाँ बराबरको १ करोड १५ लाख १४ हजार कित्ता सेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध अर्को पक्राउ पुर्जी जारी
-
जनतासँग माओवादी तराई मधेस जागरण अभियान पुन: सुरु
-
कपिल शर्मासंग किन क्रुद्ध छन् मुकेश खन्ना ?
-
पार्टी कार्यालयमा एमाले नेतालाई सिस्नु !
-
रुससँग सम्झौता गर्नुअघि जेलेन्स्कीले दिए ट्रम्पलाई युक्रेन भ्रमणको निम्तो
-
संरक्षणवादले ‘गन्तव्यमा पुगिँदैन’ : चिनियाँ राष्ट्रपति सी