बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

राजधानीको खुलामञ्चलाई प्राकृतिक दुबोसहितको घाँसे चउर बनाइँदै, सुरु भयो काम

बिहीबार, १८ माघ २०८०, १५ : २८
बिहीबार, १८ माघ २०८०

काठमाडौँ । राजधानीको खुलामञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालिएको छ । अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

 सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाइने र त्यसमाथि प्राकृतिक दुवो रोपिने सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राज भण्डारीले जानकारी दिए । ‘दुबोसहितको चउर भएपछि जनसाधारणको बहुउपयोगमा आउनेछ । बिहान शारीरिक अभ्यास गर्न सकिनेछ । व्यवस्थित सार्वजनिक कार्यक्रम गर्ने स्थान हुनेछ । मर्निङ वाक गर्न सकिनेछ । बालबालिका र युवालाई खेल्ने तथा रमाउने ठाउँ हुनेछ’, उनले भने । 

महानगरको पूर्वाधार सल्लाहकार सुनिल लम्सालले खेल मैदानको जस्तो कृत्रिम दुवो लगाउने कुनै योजना नरहेको बताए । यसअघि महानगरले खुलामञ्चमा कृत्रिम दुबो लगाएर खेल मैदान बनाउन लागेको सार्वजनिक भएको थियो । तर उनले कृत्रिम दुवो लगाउने कुनै योजना नरहेको सबै खालका सार्वजनिक उपयोगका लागि उपयुक्त बनाउने योजना रहेको बताएका हुन् । 

 अहिले  दैनिक ५० जना जनशक्ति परिचालन गरेर जमिनमा भएका मसिना ढुङ्गा समेत टिप्न लगाइएको  महानगर प्रहरी बलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताए । गएको ३ दिनदेखि काम भइरहेको उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप