निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार गर्नुपर्छ : अध्यक्ष मल्ल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन् । निर्यात प्रवर्द्धन गरेर व्यापार घाटा कम गर्ने भनिएपनि व्यवहारिक परिणाम आउन नसकेको अध्यक्ष मल्लले बताए । निर्यात व्यवसायी महासंघ नेपालको स्थापना दिवस एवं चौथो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले जडीबुटीजन्य वस्तुहरूको प्रवर्द्धन, उपभोग एवं निर्यात सहजीकरणका लागि नीतिगत सुधार हुनुपर्नेमा जोड दिएका हुन् ।
अध्यक्ष मल्लले भने, ‘चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा ६ खर्व ९३ अर्ब रुपैयाँ पुगिसकेको छ, व्यापार घाटा प्रत्येक वर्ष बजेटकै हाराहारीमा पुग्ने गरेको छ ।’
नेपालको वार्षिक निर्यात क्षमता १० खर्व रुपैयाँ भन्दा बढी भए पनि अपेक्षित लाभ लिन नसकिएको अध्यक्ष मल्लले बताए । जडीबुटीजन्य वस्तुहरूको उपभोग र निर्यात सम्बन्धी विशेष नीति बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । यस्तै निर्यात प्रवर्द्धनका लागि अनलाइन गेटवे प्रणालीको विकास गरिनुपर्नेमा मल्लले जोड दिए । उनले भने, ‘मुलुकभित्रका कच्चा पदार्थको अधिकतम प्रयोग हुने वातावरण सिर्जना गरिनुपर्दछ, । मुलुकभित्रका प्राकृतिक श्रोत एवं साधनहरु सम्बन्धमा उपयुक्त ऐन नियम बनाएर उपभोग एवं निर्यातको वातावरण बनाउन आवश्यक छ ।’
सातै प्रदेशमा एक्सपोर्ट हाउस निर्माण गरिनुपर्नेमा समेत अध्यक्ष मल्लले जोड दिए । निर्यात क्षेत्रको उद्योग, व्यवसायमा युवाहरूलाई समावेश गर्न सकिए रोजगारी समस्या केही हद सम्म हल गर्न सकिने उनको भनाइ छ । राज्यको पढ्दै कमाउँदै नीतिलाई औद्योगिक एवं व्यावसायिक क्षेत्रमा कार्यान्वयन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार स्रष्टालाई पारिजात सम्मान
-
यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो
-
समाजवादी ट्रेड युनियन महासंघको महाधिवेशन हुँदै
-
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी
-
माल्टामा क्यासियर काम गर्दै आएका सरुनलाई अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट सफलता