फेसबुकका सीईओ जुकरबर्गले किन मागे माफी ?

वाशिङ्टन डीसी । सामाजिक सञ्जाल कम्पनी फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गले माफी मागेका छन् । अमेरिकाको सिनेटमा सुनुवाइबिच चर्काचर्की भएपछि सामाजिक सञ्जालका कारण बालबालिका गुमाएका परिवारसँग जुकरबर्गले माफी मागेका हुन् ।
बुधबार जुकरबर्गसमेत पाँच शीर्ष सामाजिक सञ्जाल कम्पनीका सीईओहरु बालबालिकाको सुरक्षाको मुद्दासम्बन्धी सुनुवाइमा बयान दिन सिनेट पुगेका थिए ।
सुनुवाइका क्रममा जुकरबर्गले सामाजिक सञ्जालकै कारण छोराछोरी गुमाएका मातापिताबाट चर्को आलोचना खेप्नु परेको थियो भने सिनेटरहरूले उनलाई र्याखर्याख्ती पारेका थिए । दर्शक दीर्घामा बसेका केहीले हातमा इन्ष्टाग्रामले कसरी बाल आत्महत्या र शोषण बढाएको छ भन्ने देखाउने पोस्टर हातमा लिएका थिए । फेसबुक र इन्ष्टाग्रामको मातृ कम्पनी मेटासमेत अन्य सामाजिक सञ्जाल मञ्चहरू प्रायः बालबालिकाको सुरक्षाको विषयलाई लिएर आलोचित बनिरहेका छन् ।
सामाजिक सञ्जाल कम्पनीका प्रडक्टले अनलाइनमा बालबालिकाहरू यौन शोषण भइरहेको, मान्छे मारिरहेको भन्दै सिनेटरहरू जुकरबर्गसँग भड्किएका थिए । अनलाइनमा बालबालिकाहरूको सुरक्षाका लागि कम्पनीहरूले के के गरिरहेका छन् भनेर सिनेटरहरूले जान्न चाहेका थिए ।
सामाजिक सञ्जालमा पोस्ट हुने सामाग्रीका लागि ती कम्पनीहरूलाई जिम्मेवार बनाउन अहिले कंग्रेसमा विधेयक पुगेको छ । सिनेटमा जुकरबर्ग र टिकटकका सीईओ शोउ जि चिउले स्वैच्छिक रूपमै बयान दिन सहमत भएका थिए ।
तर स्न्याप, डिस्कर्ट र एक्सका सीईओले मानेनन् । सुनवाइमा सिनेटर र दर्शकहरूको अधिकांश निशाना जुकरबर्गमाथि थियो । ‘तपाईंको परिवारले भोगेको पीडाबाट कोही पनि गुज्रिनु हुँदैनथ्यो ।’ भनेर जुकरबर्गले भनेका छन् । अनलाइनमा बालबालिकाहरूलाई जोगाउने विषयमा प्रगति नभएको देखेर सिनेटरहरू क्रुद्ध देखिन्थे । माफी माग्ने क्रममा जुकरबर्गले कम्पनीले यसका लागि ठुलो लगानी गरिरहेको समेत बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते