शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कप क्रिकेट : गण्डकी प्रदेशविरुद्ध १३२ रनमै समेटियो आर्मी

बिहीबार, १८ माघ २०८०, ११ : ५४
बिहीबार, १८ माघ २०८०

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई जितका लागि केवल एक सय ३३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आर्मी क्लबले ३९.१ ओभरमा अलआउट हुनुअघि एक सय ३२ रनमात्र बनाउन सक्यो । लिग चरणको आफ्नो अन्तिम खेलमा आर्मी क्लबका ब्याट्सम्यानले खासै गतिलो प्रदर्शन गर्न सकेनन् ।

आर्मी क्लबका लागि ओपनर ब्याट्सम्यान इमरान शेखले ३४ रन बनाए । उनले ६४ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए । अर्का ओपनर सन्तोष कार्की भने केवल दुई रन बनाउँदै पेभेलियन फर्किए ।

अनुभवी खेलाडी भीम सार्की पनि १० रनभन्दा अगाडि बढ्न सकेनन् । कप्तान विनोद भण्डारी पनि १९ रनमै आउट भए । सन्दीप रजाली र बसिर अहमदले त खातासम्म खोल्न सकेनन् । बिवेक यादब पनि एक रन बनाउँदै पेभेलियन फर्किए ।

तल्लो क्रमका ब्याट्सम्यान कुशल मल्लले टोलीको खातामा १५ रन थपे । सोमपाल कामीले २३ रन बटुले । उनले ३९ बलमा दुई चौका पनि हिर्काए । साहब आलमले अविजित १२ र जितेन्द्र मुखियाले आठ रन बनाए । आर्मी क्लबले अतिरिक्त रुपमा आठ रन पायो । गण्डकी प्रदेशका बलर बिपिन खत्री, कृष्ण पौडेल, अमृत गुरुङ र कमल परियारले दुई–दुई विकेट हात पारे । सन्दीप पराजुली र रोशन गौतमले पनि एक–एक विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप