कविता : बेरोजगारीको वेदना
खै कस्तो देशमा जन्मेछु भन्न नमिल्ने
आफ्नै मातृभूमिलाई दोष दिन नमिल्ने
बेरोजगारी जताजतै आफू र परिवार कसरी पालिने
बिदेसिन खोज्दा सरकारसँग लड्नुपर्ने
लड्दालड्दै अनाहकमै ढल्नुपर्ने
कमाउला, ऋण तिरुँला
बाउआमा पालँुला भन्ने छोरो
बाकसमा फर्कनुपर्ने
बाबुआमा घरमा बेहोस पल्टिने
दाजुभाइको सरसल्लाह गर्ने आधार खोसिने
दिदी–बहिनीको माइतीको खम्बा ढल्ने ।
आमाबाबा ! तिमीहरूलाई थाहै छ
म रहरले बिदेसिन खोजेको होइन
दाइभाउजू तिमीहरूले बुझेकै छौ
देशमै काम खोज्नलाई म नभौँतारिएको होइन ।
दिदी ! तिमीलाई कति सुनाए मेरो विवशता
आफ्नै देशमा जे गर्न पनि तयार थिएँ म
बहिनी ! के गर्छेस् कतै केही बाटो नदेखेपछि
म बिदेसिन बाध्य हुँदै थिएँ
तर मलाई कहाँ थाहा थियो र ?
बिदेसिन खोज्दा आफ्नै मातृभूमिमा लडाइँ गर्नुपर्छ
आफ्नै ज्यान फाल्नुपर्छ ।
मलाई माफ गरिदेऊ आमाबाबा !
आधा बाटोमै तिमीहरूलाई छाड्नुप¥यो
मैले आफ्नो कर्तव्य पूरा गर्न पाइनँ
माफ गर है दाजुभाउजू !
तिमीहरूमाथि झनै जिम्मेवारी थपिदिएँ ।
माफ गर है दिदीबहिनी !
तिमीहरूप्रतिको माइतीको दायित्व पूरा गर्न सकिनँ
माफ गर है मेरी जननी जन्मभूमि !
म तिम्रा लागि पनि केही गर्न सकिनँ
सबैलाई दुःखी बनाए पनि
म आफ्नै मातृभूमिका बिलाउन पाएँ
मेरो कामना यही छ
सबैले देशमै रोजगारी पाऊन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै
-
१० बजे १० समाचार : नारायणहिटीको आँगनबाट ओलीको ‘गाली’देखि अदालतमा दुर्गा प्रसाईंसम्म
-
आईपीटीपीमा सहभागी हुन सभामुख कम्बोडिया प्रस्थान
-
वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको अध्यक्षमा निर्विरोध निर्वाचित
-
झापाबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
हामीले पनि एमालेले जस्तै सडकमा मञ्च बनाएर सभा गर्न पाउनुपर्छ : प्रभु साह