ब्रहमानन्दमको जन्मदिनमा ‘ह्रस्व दीर्घ’को फस्टलुक
बिहीबार, १८ माघ २०८०, १० : ३२

काठमाडौँ । अभिनेत्री निता ढुङ्गानाले निर्माण गरेको इन्डो–नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को फस्टलुक सार्वजनिक गरिएको छ । दक्षिण भारतीय फिल्मका प्रख्यात कमेडियन ब्रहमानन्दमको जन्मदिनको अवसर पारेर उनको सोलो फस्टलुक सार्वजनिक गरेको हो ।
फस्टलुकमा सिरमा ढाका टोपी, निधारमा चन्दन लगाएका ब्रहमान्दमलाई अचम्मित र हाँसेको देख्न सकिन्छ । हरिहर अधिकारीको कथा रहेको फिल्ममा चन्द्र पन्तको निर्देशन छ । यो फिल्म आगामी वर्ष २०८१ को असोज ११ गते रिलिज हुँदै छ ।
यो फिल्ममा बलिउड फिल्म ‘पुष्पा’का ‘सिनुभाई’ अर्थात सुनिल वर्मा, ‘गजिनी’ का भिलेन प्रदीपराज रावत र दक्षिण भारतीय कमेडियन अलीको अभिनय छ । फिल्ममा नेपाली कलाकार सरोज खनाल र सलोन बस्नेतको पनि अभिनय छ ।
यो फिल्मको छायाङ्कन नेपाल र भारतमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्रीबाट राजीनामा दिएकै दिन विद्या भट्टराईले छाडिन् क्वार्टर
-
गिलको ९० रनको योगदान, कोलकातालाई गुजरातले दियो १९९ रनको लक्ष्य
-
नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित
-
गुल्मी आँपचौर सेवा समिति जापानको आठौँ अधिवेशन सम्पन्न
-
विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन स्थगित हुँदैन : अध्यक्ष सुवेदी
-
बागमती सरकारको नीति कार्यक्रम बनाउन ‘दलीय कार्यदल’ गठन