मुस्ताङमा अत्यधिक हिमपात, जनजीवन प्रभावित
बिहीबार, १८ माघ २०८०, ०९ : ३३

पोखरा । हिमालपारिको जिल्ला मुस्ताङमा व्यापक हिमपात भएको छ । बिहीबार बिहानैदेखि उपल्लो क्षेत्रमा अत्यधिक हिमपात भएको डीएसपी भोजराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार मुक्तिनाथ क्षेत्रमा १ फिटभन्दा बढी हिउँ जमेको छ । 'हिमपात भइरहेको छ । जनजीवन प्रभावित भएको छ,' उनले भने, 'स्थानीयलाई बाहिर ननिस्किन सूचित गरेका छौँ ।'
हिउँद याममा उपल्लो मुस्ताङका ९० प्रतिशत नागरिक जाडो छल्न बेँसी झर्छन् । प्रहरी भने सबै युनिटमा तैनाथ रहेका पाण्डेले बताए ।