पुनर्बीमा कम्पनीको पुँजी वृद्धि गरिँदै, १ वर्षभित्र २० अर्ब रुपैयाँ पुर्याउनुपर्ने !

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको तयारी गरेको छ । हाल सञ्चालनमा रहेका पुनर्बीमा कम्पनीहरूको चुक्ता पुँजी कम्तीमा २० अर्ब रुपैयाँ पुर्याउनेगरी प्राधिकरणले गृहकार्य सुरु गरेको हो ।
यसै सन्दर्भमा बुधवार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले १ वर्षभित्र २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने गरी कम्पनीहरूलाई निर्देशन गर्ने निर्णय गरेको छ ।
सञ्चालक समितिको निर्णय बमोजिम छिट्टै कम्पनीहरूलाई निर्देशन समेत दिइने प्राधिकरणले जनाएको छ । तथापि, चुक्ता पुँजी वृद्धिका लागि कम्पनीहरूलाई योजना पेश गर्न मौका दिइने समेत प्राधिकरणले जनाएको छ ।
हाल नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र हिमालयन रि–इन्स्योरेन्स गरी मुलुकमा दुईवटा पुनर्बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् । नेपाल सरकारको समेत लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीको हाल चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ रहेको छ भने हालै मात्र आईपीओ जारी गरेको हिमालयन रि–इन्स्योरेन्सको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ ।
यी कम्पनीहरूले चुक्ता पुँजी वृद्धिका लागि राइट सेयर (हकप्रद) जारी गर्ने प्रस्ताव राख्न सक्ने उच्च सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल मजदुर किसान पार्टीको नयाँ नेतृत्व चयन आज
-
बारपाकमा क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ शिविर
-
पुटिनले जस्तै गरी सोच्छन् ट्रम्प ?
-
पुडुचेरीका विधायकहरू अनुभव आदानप्रदानका लागि पोखरामा
-
हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै
-
सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम ?