सुस्तायो फाइटरको कमाई

नयाँ दिल्ली । ऋतिक रोशन र दीपिका पादुकोणको फिल्म फाइटरले आशा गरेजस्तो प्रदर्शन गर्न सकेको छैन । फिल्म निकै सकारात्मक रिभ्युको साथमा रिलिज भएको थियो । फिल्मको कहानी इमोशनल भएको अनि भिजुअल पनि शानदार भएको भन्दै यसको प्रशंसा भएको थियो ।
फिल्ममा ऋतिकको अभिनयलाई धेरैले मन पराएका थिए । फिल्मको ट्रेलरले शानदार प्रतिक्रिया पाएको भए पनि ऋतिकले आशा गरेजस्तो फिल्मको सुरुवात भएन । गणतन्त्र दिवसको दिनमा फिल्मले राम्रो कमाई गरेको थियो । फिल्मले एकै दिनमा ४१ करोड भारुभन्दा धेरैको कमायो ।
आइतबार र सोमबार पनि फिल्मको कमाई ठिकठाक थियो । तर सोमबारको परीक्षामा फाइटर निकै कमजोर बन्यो । आइतबारको तुलनामा सोमबार कमाई ७० प्रतिशतसम्म कम भयो । मंगलबारको कमाई पनि खासै राम्रो छैन ।
आइतबार ३० करोड भारु कमाएको फाइटरले सोमबार ८ करोड भारु मात्रै कमाएको छ । फिल्मको ओपनिङ कलेक्सन २४ करोड ६० लाख भारुको तुलनामा सोमबारको कमाई निकै कम हो । छैटौँ दिन पनि फिल्मको कमाई राम्रो नभएको बताइएको छ । फिल्मले मङ्गलवार जम्मा ७ करोड भारु कलेक्सन गरेको छ । ६ दिनमा फिल्मले घरेलु बक्स अफिसमा १३७ करोड भारु मात्रै कमाएको छ ।
पहिलो ७ दिनमा फिल्मको कलेक्सन १४५ करोड पनि नपुग्ने देखिएको छ । फाइटर यो वर्षको सबैभन्दा ठुलो बजेटको फिल्म हो । सञ्चारमाध्यामहरुका अनुसार यो फिल्ममा झन्डै २५० करोड भारु खर्च भएको छ ।
ऋतिक रोशन र दीपिका पादुकोण जस्ता ठुला स्टार र सिद्धार्थ आनन्दजस्तो ब्लकबष्टर निर्देशक भएकोले पनि फिल्मले बक्स अफिसमा लामो छलाङ लगाउने आशा गरिएको थियो । तर अहिलेसम्म फिल्मको व्यापार हेर्दा यो औसतभन्दा सुस्त गतिले अगाडि बढिरहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशसभामा उठ्यो भ्रष्टाचारी ठहरिएका पराजुलीको विषय
-
काठमाडौँबाट ठुलो परिमाणमा ट्रामाडोल क्याप्सुलसहित २ व्यक्ति पक्राउ
-
‘नेपालमा पानी जहाज चलाउने कुरामा ठट्टा गरे, अहिले आवश्यक लाग्न थाल्यो’
-
भियतनाममा पनि पोखराकै जस्तो बेलुन विस्फोट, जन्मदिन मनाउँदा भयो यस्तो घटना
-
‘आवश्यक जनशक्ति नहुँदा जयनगर-जनकपुर रेल्वे सेवा घाटामा’
-
देउवाद्वारा सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनीत