फोटोफिचर
रातो मच्छिन्द्रनाथलाई पाटनको तःबहाल मन्दिर लगियो (तस्बिरहरू)
बुधबार, १७ माघ २०८०, १६ : १६

काठमाडौँ । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई बुधवार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिएको छ । मच्छिन्द्रनाथलाई ६ महिना पाटन ६ महिना बुङ्मती राखिने चलनअनुसार तःबहाल लगिएको हो ।
किंवदन्तीअनुसार कान्तिपुरवासीले गोरखनाथलाई भिक्षा नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाएर बसे । उनी त्यहाँ बसेपछि १२ वर्षसम्म उपत्यकामा वर्षा नभई अनिकाल लाग्यो । यसको समाधानका लागि गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने कुरा थाहा लाग्यो ।
भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य तथा ललितपुरका कृषक ललित रथ चक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएपछि वर्षा भएको किंवदन्ती रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
-
संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छ : कोइराला