सम्पत्ति शुद्धीकरण मामिलामा फस्दैछिन् ज्याकलिन फर्नांडिस
![सम्पत्ति शुद्धीकरण मामिलामा फस्दैछिन् ज्याकलिन फर्नांडिस](https://npcdn.ratopati.com/media/news/jacqueline-fernandez_vNZfSQuezl.jpg)
नयाँ दिल्ली । सुकेश चन्द्रशेखरले कालो धनलाई सेतो बनाएको मामिलामा अभिनेत्री ज्याकलिन फर्नांडिस झन्झन् फस्ने देखिएकी छन् । कानुन पालना गराउने भारतीय निकाय प्रवर्तन निदेशालय (ईडी)ले दाबी गरेअनुसार सुरेशको ठगी धन्दामा ज्याकलिन पनि संलग्न थिइन् ।
सुकेशले गरेका अपराधको जानकारी अभिनेत्रीलाई पनि भएको र त्यसरी कमाएको पैसा चलाएर उनले सबूत प्रमाण मेटाउने काम गरेको ईडीको भनाई छ ।
ईडीले दिल्ली उच्च अदालतसमक्ष २०० करोड भारु बराबरको सम्पत्ति शुद्धीकरण मामिला अभिनेत्री फर्नांडिसले जानीबुझीकन ठग सुकेशले आपराधिक गतिविधि गरेर कमाएको आय लिएको र सोको खर्चमा सामेल भएको दलिल पेस गरेको छ । ज्याकलिनको याचिकाको जवाफमा ईडीले यो तर्क गरेको हो । सुकेशसम्बद्ध सम्पत्ति शुद्धीकरण मामिलामा अभिनेत्रीले एक याचिका दायर गर्दै आफूविरुद्धको एफआईआर रद्द गर्न माग गरेकी थिइन् । यस मामिलामा दिल्ली उच्च अदालतले अप्रिल १५ मा सुनवाइ गर्दैछ ।
ज्याकलिनले सुकेशसँगको वित्तीय लेनदेनको सत्यता कहिले पनि सार्वजनिक गरेको र आफूहरुले सबुत नपाउँदासम्म तथ्यहरू लुकाएको दाबी ईडीको छ । यस मामिलामा ज्याकलिनले सुरु देखि नै आफूलाई निर्दोष बताउँदै आएकी थिइन् । तर छानबिनका क्रममा उनले सुकेशले आफूलाई उत्पीडन गरेको कुनै प्रमाण पेस गर्न नसकेको ईडीको दाबी छ । सुकेशको पत्नी छ भन्ने थाहा पाउँदा पाउँदै पनि ज्याकलिनले सुकेशसँग सम्बन्ध राखेको पनि ईडीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म