३३ किलो सुन तस्करीमा संलग्न ‘गोरे’ ले दिए जाँचबुझ आयोगमा बयान

काठमाडौँ । तस्करी गरेर दुबईबाट ल्याएपछि काठमाडौँबाट हराएको ३३ किलो सुनमा संलग्न चूडामणि उप्रेती ‘गोरे’ सँग सुन तस्करी जाँचबुझ आयोगका पदाधिकारीले बयान लिएका छन् ।
‘गोरे’ सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा छन् । उनलाई कारागारबाट झिकाएर बयान लिइएको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले रातोपाटीलाई बताए ।
२०७४ माघ ९ मा विमानस्थलमा आएको सुन ‘गोरे’ को समूहले ल्याएको अनुसन्धान निष्कर्ष छ । तर, सो सुन अहिलेसम्म फेला परेको छैन । भरियाले काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुल नजिकैबाट लुटिएको जानकारी गराएको गोरेले बयानमा खुलाएका छन् ।
अचानक बयानका लागि सिंहदरबार ल्याएपछि गोरेले आयोगका पदाधिकारीहरूलाई सोधे–‘मलाई फेरी के गर्न थाल्नुभयो ?’ गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा बनेको छानबिन समितिले गोरेलाई सिंहदरबारमै सार्वजनिक गरेको थियो । अहिले त्यही भवनमा आयोगले उनीसँग बयान लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशमा विद्यार्थीहरूले खोले नयाँ पार्टी
-
नेपाल वायुसेवा निगमको ग्राउन्डेड विमानहरू कुन कहिलेदेखि उड्छन् ?
-
फिल्म ‘मायावी’को नयाँ गीत सार्वजनिक
-
पाथीभरा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्छ : सांसद खतिवडा
-
विजय लघुवित्तको सहयोगमा ३ दिने स्वास्थ्य शिविर
-
एमाले मोरङको अधिवेशन उद्घाटनमा प्रधानमन्त्री ओली आउने