छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बैतडी, चितवन, कैलाली र भक्तपुर जिल्लामा दुर्घटना भएको नेपाल प्रहरीले जानकारी दिएको हो ।
बैतडीको दोगडाकेदार गाउँपालिका-२ कटौजपानीस्थित सडकमा सु.प.प्र.०१००२ ज १५३७ नम्बरको बलेरो जिप सडकबाट करिब ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार सोही ठाउँ बस्ने १५ वर्षीया मनिशा बिष्टको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका चालकसहित ३ जनालाई उपचारको लागि धनगढी कैलाली पठाइएको छ । अन्य ४ जना घाइते उपचार पश्चात डिस्चार्ज भएका छन् ।
यता चितवनको भरतपुर महानगरपालिका-२९ पन्ध्र किलोस्थित सडकमा ग.२३ प १५५९ नम्बरको मोटरसाइकल मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक रुपन्देही कञ्चन गाउँपालिका-४ बस्ने ३३ वर्षीय रमेश रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै कैलालीको गोदावरी नगरपालिका-२ स्थित सडकमा बा.१८ च ५८२९ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७८ वर्षीया नन्दा देवी नाथको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-६ स्थित सडकमा से.६ प २८५९ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा स्कुटरमा सवार बर्दिया बाँसगढी नगरपालिका-४ बठौवागाउँ बस्ने २५ वर्षीय लालु चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-४ चारदोबाटो आकासे पुल नजिक रोकी राखेको बा.५ ख २५१ नम्बरको निशान गाडीमा प्रदेश न.३ -०२-००९ न ७००७ नम्बरको मोटरसाइकल ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सूर्यबिनायक नगरपालिका-२ बालकोट बस्ने २४ वर्षीय समन भुजेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको भक्तपुर ईन्टरनेशनल अस्पताल कौशलटारमा उपचार भइरहेको छ । हाल फरार निसान चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार
-
इटालीयन ‘सिरी-ए’मा लेस्सी जित्यो, एम्पोली र यूडिनिजको खेल बराबरी
-
न्युक्यासलको प्रदर्शनमा धक्का, वेष्टह्यामसँग नसोचेको हार
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला