हिउँदे अधिवेशनका लागि संसद् भवनमा तयारी (तस्बिरहरु)
बुधबार, १७ माघ २०८०, १३ : ०५
_eTB1m746ps.jpg)
काठमाडौँ । हिउँदे अधिवेशनका लागि संसद् भवनमा आवश्यक तयारी गरिएको छ । माघ २२ गतेदेखि हिउँदे अधिवेशन सुरु हुने भएपछि आवश्यक तयारी गरिएको हो ।
यसैबीच सङ्घीय संसद् सचिवालयका कार्यवाहक महासचिव पदमप्रसाद पाण्डेयले बुधबार संसद् भवनको अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले संसदमा आफ्नो प्रस्तुतिका विषयमा कर्मचारीहरूसँग सुझाव मागेका थिए ।
उनले कोरोना महामारीका बेलामा राष्ट्रियसभा हलमा सांसदहरू बस्ने कुर्सीमा राखिएको सङ्केत चिन्ह हटाउन समेत कर्मचारीहरूलाई निर्देशन दिएका छन् । तस्बिर : कृष्ण खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
-
संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छ : कोइराला