नक्कली नोट लिएर अण्डा किन्न जाँदा श्रीमान्-श्रीमती पक्राउ
बुधबार, १७ माघ २०८०, १३ : ०२

सर्लाही । सर्लाहीमा नक्कली नोटसहित श्रीमान्-श्रीमती पक्राउ परेका छन् । मलंगवा नगरपालिका-३ नगरपालिका चोकबाट १ हजार रुपैयाँ दरको २ वटा नक्कली नोटसहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने नसारु खान र उनकै श्रीमती ३२ वर्षीया नसारा खातुन रहेका छन् । उनीहरूले नक्कली नोट लिएर अण्डा किन्ने क्रममा वादविवाद भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् : मन्त्री गुरुङ
-
सुशासन प्रवर्धनसम्बन्धी विधेयकमा दिएका ६ सांसदका विरोधका सूचना अस्वीकृत
-
गलत रकम लेखिएकै आधारमा चेक अनादरको मुद्दा दर्ता हुँदैन : उपाध्यक्ष श्रेष्ठ
-
अन्तर–व्यवस्थापिका मञ्चको घोषणापत्र : तीनवटै सभाको परस्पर सम्बन्ध विकासमा प्रतिबद्धता
-
‘नेवार समुदायको चिहान कांग्रेस नेताले हडपे’
-
लागुपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ : मुख्यमन्त्री कार्की