अनलाइन ठगी गरी रकमान्तर भएका खाताहरूको व्यवस्थापन गर्ने व्यक्ति पक्राउ
काठमाडौँ । अनलाइन ठगी गरी रकमान्तर भएका खाताहरूको व्यवस्थापन गर्ने गरेको अभियोगमा सप्तरी राजविराज नगरपालिका-१० डुम्री ठेगाना भएका २६ वर्षीय डम्बर साहलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पाँचथर फिदिमको समन्वयमा पाँचथर फिदिम नगरपालिका-१ अस्पताल चोकबाट पक्राउ गरेको हो ।
साहले ह्वाटस् एप, फेसबुक, इमो जस्ता समाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिलाई पार्सल पठाइदिन्छु भनी ठगी गर्ने गरेको, पिडकहरूले साहले सञ्चालन गरेको उद्गम भेन्चर क्यापिटल, प्रोफिस्ट ग्रुप एन्ड डम्बर साहको व्यक्तिगत खातामा विभिन्न लेयरमा रकम पठाउने गरेको तथा उक्त रकमहरू पिडकले खोजेको बखतमा नगद, क्रिप्टो, बैंक ट्रान्सफरसमेत उपलब्ध गराउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साहविरुद्ध ३४ जनाको उजुरी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई