बैंकिङ प्रणालीबाट बुधबार थप ३० अर्ब तरलता तान्दै केन्द्रीय बैंक
![बैंकिङ प्रणालीबाट बुधबार थप ३० अर्ब तरलता तान्दै केन्द्रीय बैंक](https://npcdn.ratopati.com/media/news/nepal-rastra-bank-cover_ab0ohm1keg_NwuFAQX5xf.webp)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट थप ३० अर्ब रुपैयाँ तरलता प्रशोधन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले मंगलबार निक्षेप सङ्कलन उपकरणमार्फत २० अर्ब रुपैयाँ तरलता तानेको थियो । थप बुधबार बैंकले ३० अर्ब रुपैयाँ तान्ने भएको हो ।
७ दिनका लागि निक्षेप लिन लागेको बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई दरखास्त आह्वान गरेको छ । पछिल्लो समय बैंकहरुको निक्षेप तीब्र बढेको तर सो अनुसार कर्जा माग नबढेपछि बैंकहरुसँग तरलता (लगानी योग्य रकम) थुप्रिन पुगेको छ ।
केन्द्रीय बैंकका अनुसार माघ १४ गतेसम्ममा बैंकहरुको निक्षेपको आकार बढेर ६१ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ । तर यता कर्जा लगानीतर्फ भने समीक्षा अवधिमा जम्मा ५० खर्ब ८१ अर्ब रुपैयाँ मात्र हुन सकेको छ ।
माघ १५ सम्ममा ८०.४८ प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैंकहरुसँग ६ खर्ब माथि तरलता रहेको छ । यसले पनि केन्द्रीय बैंक माथि निक्षेप सङ्कलन उपकरण वा रिभर्स रिपो मार्फत बैंकिङ प्रणालीबाट तरलता तान्नुपर्ने दबाब परेको हो ।
केन्द्रीय बैंकले बजारमा तरलता अभाव हुदा रिपोमार्फत तरलता प्रवाह गर्ने गर्छ भने अधिक तरलता हुदा रिभर्स रिपोमार्फत पुनः तरलता प्रशोधन गर्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकरसँगको फोटो राखेर ओलीले हाने प्रचण्डलाई झटारो
-
‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक
-
श्रमिकको न्यूनतम तलब २८ हजार बनाउन माग
-
विपद् व्यवस्थापनमा सरकारको भूमिका खोज्दै बागमतीका सांसद
-
लाभा बचत तथा ऋण सहकारीको स्वतन्त्र अडिट सुरु, एक महिनामा प्रतिवेदन बुझाउन महानगरको निर्देशन
-
कंगोमा जेलब्रेकका क्रममा १५० भन्दा बढी महिला कैदीको बलात्कारपछि हत्या