वैदेशिक रोजगारीमा गएकालाई सर्वोत्तमको ५० कित्ता सेयर
बुधबार, १७ माघ २०८०, ११ : १२
![वैदेशिक रोजगारीमा गएकालाई सर्वोत्तमको ५० कित्ता सेयर](https://rpcdn.ratopati.com/media/albums/Sarbottam_Logo-01_Jev9W6bP43.png)
काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपालीहरू सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर ५० कित्ताका दरले पाएका छन् । निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई सेयर बाँडफाँड गर्दै प्रतिव्यक्ति ५० कित्ताका दरले सेयर पाएको जनाएको हो ।
सर्वोत्तम सिमेन्टले पुस २५ गतेदेखि माघ १० गतेसम्मको अवधिमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई सेयर बिक्री खुलाएको थियो । वैदेशिक रोजगारतर्फ कम्पनीले प्रतिकित्ता ३९०.९० रुपैयाँका दरले २ लाख ६७ हजार कित्ता सेयर छुट्याइएको थियो ।
श्रम स्वीकृति लिएर रोजगारीमा गएकामध्ये ३३ हजार ८२४ जनाले यो सेयरमा आवेदन दिएका थिए । यसमध्ये १४ आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ । कूल आवेदकले २१ लाख ३९ हजार २२० कित्ता सेयर माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलबारीमा फागुन १६ गतेदेखि प्रादेशिक ललितकला प्रदर्शनी हुने
-
जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने
-
डीपीआरको अनियमितताबारे छानबिन गर्न माग
-
युवा तथा खेलकुद मन्त्रीले सच्याए ‘श्री ५ को सरकार’ लेखिएको त्रुटि
-
सीटीईभीटीका बोर्ड सदस्यकै कलेजको कन्तबिजोक, विद्यार्थीको बिचल्ली
-
पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने