अभिनयबाट ब्रेक लिँदै प्रभास

मुम्बई । अभिनेता प्रभासको दक्षिण भारतमा मात्र नभएर सिङ्गो बलिउडमा दबदबा चल्छ । ‘बाहुबली २’को सफलताको ६ वर्षपछि प्रभासले सन् २०२३ मा ब्लकबस्टर फिल्म ‘सालार’ दर्शकलाई दिए । अब भने दर्शकले उनको फिल्म हेर्न केही समय पर्खनुपर्नेछ । किनकि उनी अब केही समयका लागि अभिनयबाट ब्रेक लिँदै छन् ।
प्रभासले ‘सालार’को सफलतापछि केही समयका लागि अभिनयबाट ब्रेक लिने निर्णय लिएका हुन् । अर्को फिल्म ‘कल्की २८९८ एडी’ अघि प्रभासले यो निर्णय किन लिए भन्ने कारण पनि छ । प्रभासले ‘माइण्ड फ्रेस’ र स्वास्थ्यका कारण अभिनयबाट ब्रेक लिएका हुन् ।
प्रभास ‘सालार’बाट प्राप्त प्रतिक्रियाबाट खुसी छन् । ६ वर्षपछि प्राप्त सफलताले पनि प्रभासलाई खुसी दिएको हो । उनी आफ्नो करियरमा अझ बढी केन्द्रित हुन र आन्तरिक शक्ति बढाउन ब्रेक लिन लागेका हुन् । उनी अब नयाँ तरिकाबाट करियरलाई अगाडि बढाउन चाहन्छन् ।
त्यसो त प्रभास लामो समय ब्रेक लिने मुडमा छैनन् । उनी केवल एक महिनामात्र अभिनयबाट अलग्गिँदै छन् । उनी मार्चमा आफ्नो आगामी प्रोजेक्टको काम सुरु गर्ने मनस्थितिमा छन् । उनी आफ्नो सर्जरीका लागि युरोप जाने तयारीमा छन् । उनलाई केही समयअघि चोट लागेको थियो, त्यो चोट पूर्ण रूपले ठिक हुन सकेको छैन ।
प्रभासको लाइनअपमा ९ मार्च २०२४ मा रिलिज हुने फिल्म ‘कल्की २८९८ एडी’ छ । जसमा दीपिका पादुकोण, कमल हासन, अमिताभ बच्चन र दिशा पाटनीको अभिनय छ । यसबाहेक ‘स्पिरिट’ र ‘द राजा साहब’ पनि पाइपलाइनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार वत्सगोपाल, जो तन्त्रका विम्बसँग खेलिबस्छन्
-
मकालुमा लेक लागेर चिकित्सकको मृत्यु
-
रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा : अध्यक्ष बस्नेत
-
यस्तो देखियो ‘नरसिंहाः अवतार’ मा नीति शाहको लुक्स
-
कर्फ्युअघि पर्सामा ७० राउण्ड अश्रुग्यास प्रहार, २ राउण्ड हवाइ फायर
-
२ गोलले पछि परेको अवस्था उल्टयाउँदै चौथो स्थानमा उक्लियो सिटी