ओली भन्छन्– मैले निष्ठाका साथ राजनीति गरिरहेको छु

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सुरुदेखि नै निष्ठाका साथ राजनीति गरेको बताएका छन् ।
आफ्नो अभिव्यक्तिमा अन्कन्ट्रोल मिसाइल प्रहार भएपनि ठिक ठाउँमा ताकेर हान्ने गरेको ओलीको भनाई थियो । ओलीले संसद् वा बाहिर कुनै पनि ठाउँमा आफूले दिएको अभिव्यक्ति देश र जनताप्रतिका समर्पणभावमा केन्द्रित रहेको बताए ।
मंगलबार काठमाडौँमा आयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले आफ्ना अभिव्यक्ति अन्कन्ट्रोल हुने गरेपनि विचार प्रवाहमा भने कहीँ पनि त्रुटि नभएको जिकिर गरे ।
ओलीले लोकतन्त्रलाई नेताहरुले भागी खाने भाँडा बनाउँदा त्यसको टिकाउ नहुने गरेको स्पष्ट पारे । उनले लोकतन्त्रको विकल्प लोकतन्त्रै हुने भएकाले राजनीतिकलाई आफूले सोही अनुसार अघि बढाउने काम गरिरहेको बताए ।
ओलीले भने,‘मैले संसदमा बोल्दा, अन्यत्र बोल्दा देशप्रतिको, जनताप्रतिको, त्यही निष्ठाका साथ बोलेको छु । तर मैले अघि नै भने अलि सावधानी साथ बोल्नुपर्ने रहेछ, होशियारीका साथ बोल्नुपर्ने रहेछ । मसाईल भन्ने ठिक ठाउँमा ताकेर हानेको छु । तर एउटा हान्दा पुग्ने ठाउँमा कहिलेकहीँ ५/७ वटा हानेको छु । त्यसैलाई अन्कन्ट्रोल भन्नुभएको होला । मैले राजनीतिक सुरुदेखि नै अत्यन्तै निष्ठाका साथ गरेको छु । यसै अनुसार मेरो विचारधारा पनि प्रवाह भएको छ ।’
ओलीले आफ्ना अभिव्यक्तिमा केही सावधानीको आवश्यकता भएको पनि आफूले पछिल्लो समय महसुस गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत